सुरु भयो यमपञ्चक,यस पटक एक साता सरकारी कार्यालय बन्द रहने

आजदेखि नेपालीहरुको दोश्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको हो ।
आज यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ । तिथिमा भएको घटीबढीका कारण आइतबार भोलि आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । २७ गते गाईपूजा,गोरुपूजा, हलितिहार, गोवर्दनपूजा, बलीपूजा र म्ह पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कात्तिक २९ गते बुधबार भाइटीका मनाइँदैछ ।
तिहार पर्वको अवसरमा सरकारी कार्यालयहरू आजदेखि झन्डै एक साता बन्द रहने भएको छ । अघिल्ला तिहारमा बढीमा ३ दिन हुँदै आएको तिहार विदा योपटक बिहीबारसम्म छ ।शुक्रबार एक दिन खुलेर फेरि शनिबार र आइतबार छठ पर्व भएकाले सोमबारबाट मात्रै सरकारी कार्यालयहरु पूर्ण रुपमा खुल्ने छन् ।

प्रकाशित :२०८० कार्तिक २५, शनिबार ०८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry