साढे दश लाख भ्रष्टाचार मुद्धामा सिडियोलाई सफाई
भ्रष्टाचार मुद्धा लागेको १६ महिना पछि सहसचिवले सफाई पाएका छन् । ७९ असार अन्तिममा विराटनगर महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो अख्तियारले ।
Advertisement 1
यो मुद्धामा तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्कीलाई समेत डामेको थियो । विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुर्याएको भन्दै अख्तियारले १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेकोमा विशेष अदालतले क्लिन चिट दिएको हो ।
बिशेष अदालतका न्यायाधीशद्धय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलाशले प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।
Advertisement 2
सफाई पाउने सहसचिव अधिकारी खोटाङमा सिडिओ भएर काम गरेका थिए । अधिकारीले त्यस अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा कार्यरत रहेका थिए ।