कर्मचारीहरुको तलब कट्टा गर्ने सरकारी निर्णय

सरकारले जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरेको छ । क्याबिनेटको निर्णयपछि विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन तथा सहायकस्तर एवम् अन्य सबै कर्मचारीहरुबाट १ दिन बराबरको तलब भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

Advertisement 1

उक्त सहायता राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. ११३०१००००३७६२००१ (PM DAIBI PRAKOP UDAR KOSH: 1130100003762001) मा जम्मा गरी सोको भौचर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका आर्थिक शाखा प्रमुख सूर्यबहादुर भण्डारीलाई पठाउने पनि कर्मचारीहरुलाई आग्रह गरिएको छ ।

त्यस्तै राहत र पुनस्र्थापनाको समन्वयको जिम्मा सोही कार्यालयका सचिव मणिराम गेलाललाई दिइएको छ ।

प्रकाशित :२०८० कार्तिक २२, बुधबार १०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry