उपसचिवको कार्यकक्षमा पसेर मन्त्रीले टेबल ठोकेपछि…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेसँगै अहिले कर्मचारीहरुले नै मन्त्रीलाई टेर्न छाडेका छन् ।
हालै सार्वजनिक रिर्पोट कार्ड अनुसार कमजोर कार्यसम्पादन देखिएका मन्त्रीहरु रेड जोनमा छन् । त्यस्ता मन्त्रीहरुलाई अचेल सचिवले गन्न छाडेका छन् । सचिवले मन्त्रीलाई भेट्नै खोज्दैनन्,सहसचिव,उपसचिवहरु मन्त्रीको कार्यकक्ष आउनै छाडेका छन् ।

Advertisement 1

अर्काेतिर काँग्रेसले अर्थ छाडेर गृहमन्त्रालय लिन लागेको बिषयले सिंहदरबार तातेको छ । यसरी मन्त्री नै परिवर्तन हुने हल्लाका बीच हालैमात्र एक बहालवाला मन्त्रीले उपसचिवको कार्यकक्षमै पुगेर टोबल बजारेका टछन् ।

बजेट निकासामा ढिलाई भएको भन्दै मन्त्रीले उपसचिवको टेबल ठोकेका हुन । अर्थमन्त्री डा प्रकाशशरण महतले उपसचिवको कार्यकक्षमै पुगेर टेबल बजारेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
त्यो स्रोतले इकर्मचारी डटकमसँग भन्यो स्वास्थ्य मन्त्रालयको बजेट निकासा ढिलो भयो, फाइल उठेन र समयमा पैसा गएन भनेर गत बुधबार अर्थमन्त्री डा.प्रकाशशरण महतले उपसचिव टिका भुसालको टेबुल ठेकेका हुन् ।

प्रकाशित :२०८० पुष १९, बिहीबार ०७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry