यसै साताभित्रमा ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने तयारीमा महालेखा नियन्त्रक

महालेखा नियन्त्रकको कार्यालयले यही साताभित्रमा ठूला संख्यामा लेखाका कर्मचारीहरुको सरुवा गर्ने भएको छ । अहिले धमाधम कर्मचारी सरुवाको सूची तयारी गर्नेदेखि संशोधन गर्नेसम्मका काममा त्यहाँका अधिकारीहरु व्यस्त रहेका छन् ।

Advertisement 1

गत भदौंमा नै हुनुपर्ने सो सेवा र समूहका कर्मचारीको सरुवा निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो । ७५ दिने लामो आचारसंहिता अस्ति २६ मंसिरबाट फुकुवा भएसँगै लेखाका कर्मचारीहरु चलाउन लागिएको हो ।

महालेखा मातहतका ३ हजार कर्मचारीमध्ये अनुसार झण्डै ४ सय हाराहारी कर्मचारीहरु एकै लटमा सरुवा गर्न लागिएको सो स्रोतले जनाएको छ ।महालेखाका अनुसार झण्डै तीन हजार कर्मचारीमध्ये प्रक्रिया पुगेका दश प्रतिशतभन्दा बढी कर्मचारीहरुको सरुवा सूची यो लटमा निकाल्न लागिएको हो ।

Advertisement 2

महालेखाका अनुसार प्रक्रियागत रुपमा अवधि पुगेका,कार्यालयका कारण समस्यामा परेका र रिक्त रहेका स्थानमा कर्मचारीहरु सरुवा गर्न लागिएको हो ।

अहिले सरुवाको सूचीलाई अन्तिम रुप दिने गृहकार्य भइरहेको जनाइएको छ ।

प्रकाशित :२०७९ पुष ३, आईतवार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry