प्रतिबन्धित नोट र सामानसहित तीन भुटानी नियन्त्रणमा

इलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईल स्थित दशगजा ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले प्रतिबन्धित नोट तथा सामानसहित तीन जना भुटानी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement 1

नियन्त्रणमा लिइएकाहरु भुटान घर बताउने ४५ वर्षिय धन कुमार राई, ४४ वर्षिय फौदसिंह राई र २५ वर्षिय विशाल राई छन् ।
भुटानबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथमा
प्रतिबन्धित नोट तथा अन्य सामान फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ४ लाख २५ हजार ७ सय १० रुपैयाँ बराबरको भारतीय नोट, ३ हजार ७ सय ५६ रुपैयाँ बराबरको भुटानी नोट र नेपाली १ सय ८० रुपैयाँ समेत बरामद भएको छ । नियन्त्रणमा लिइएकाहरुलाई प्रतिबन्धित नोट तथा सामानसहित आवश्यक
अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

प्रकाशित :२०८० कार्तिक १५, बुधबार १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry