६ लाख बराबरको सामान बरामद

सशस्त्र प्रहरीले करिव ६ लाख बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ४ गण हेड क्वाटर सुनसरीले हिजो उक्त रकम बराबरको धुलो बेसार, किराना सामान र सुर्ती बरामद गरेको हो ।

Advertisement 1

सशस्त्र प्रहरी सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाइ सीमा इलाका तथा अन्य स्थानहरुमा रहेका युनिटहरुलाई प्रभावकारी रुपमा परिचालन गरिरहेको र सोहि योजना अनुसार परिचालन हुँदा विओपि अमडुवा र सुरक्षा बेश चतराबाट खटिएको टोलीले सुनसरी जिल्लाको बिभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका सामान बरामद गरेको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।

भुटाहाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक देविलाल गोतामेको टोलिले ५ लाख ४ हजार रुपैया बराबरको लत्ताकपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाएको डीएसपी खतिवडाले बताए। त्यस्तै कोशी गाउँपालिका ५ नहर चोक स्थित अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ६० केजी करिव २१ हजार बराबरको बोईलर कुखुरा नष्ट गरेको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० कार्तिक १४, मंगलवार १४:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry