आरोग्य दिवस मनाइयो

महेन्द्रनगर। अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ।

Advertisement 1

जीवन विज्ञान प्रतिष्ठानका योग प्रशिक्षकद्वय केदारमान कार्की र विश्वनाथ भट्टराईले योगाभ्यास गराउनुभएको थियो। योगाभ्यासमा २ सय जना सहभागी थिए।

त्यस अवसरमा निमित्त बाहिनीपति दिग्विजय सुवेदीले स्वास्थ्यका लागि ध्यान र योग उपयोगी र आवश्यक हुने भएकाले आरोग्यका निम्ति सबैले योगाभ्यास गर्नुपर्नेमा जोड दिए।
–––

प्रकाशित :२०८३ बैशाख २, बुधबार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry