कुलिङ पिरियडबारे महावीर पुन- देशको सेवा गर्ने इच्छा नै भए समाज सेवामा लाग्नुस्

काठमाडौं। वैज्ञानिक महावीर पुनले सचिवहरुलाई सुझाव दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पुनले रिटायरपछि पनि देशको सेवा नै गर्ने मन भए सामाज सेवामा लाग्न सुझाव दिएका हुन्।

Advertisement 1

‘रिटायर भएर पनि देशको सेवा नै प्रवल इच्छा छ भने समाज सेवामा लाग्न भ्रष्ट सचिवज्युहरुलाई सुझाव,’ पुनले फेसबुकमा लेखेका छन्, ‘इमन्दारीपूर्वक काम गर्ने सचिवहरुलाई कुलिङ पिरियड राख्दा केही फरक पर्दैन। किनभने कुलिङ पिरियड हट्यो भने फाइदा लुट्ने भ्रष्ट सचिवहरु नै हुन्।’

Advertisement 2

उनले कुलिङ पिरियडबारे सचिवहरुले शक्तिकेन्द्र धाइरहेको प्रति पनि नेपाली जनता चुप किन लागेका होलान् भन्दै प्रश्न उठाएका छन्। यसअघि संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामति सेवा विधेयक पारित भएसँगै सचिवहरु उक्त विधेयकमा कुलङि पिरियडबारे गरिएको व्यवस्था हटाउन माग गरिरहेका छन्।

Advertisement 3

मुख्यसचिव एकनारायण अर्यालसहितको सचिवहरुको टिमले विधेयकमा भएको कुलिङ पिरियडबारेको व्यवस्था हटाउन माग गर्दै प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन्।

तरमाराहरुको अनावश्यक दौडधुप

प्रकाशित :२०८२ जेष्ठ १०, शुक्रबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry