कर्मचारीले टेर्न छाडे

आउँदो वर्षको ३० वैशाखमा चुनाव तय भएपछि स्थानीय निकायका जनप्रतिनिधिलाई कर्मचारीले टेर्न छाडेका छन् ।

Advertisement 1

जनप्रतिनिधिले उम्मेदवारी मनोनयन गर्दा अनिवार्य राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णयले पनि कर्मचारीले टेर्न छाडेका हुन् ।

देशभरका अधिकांश पालिकाहरुमा समन्वय गर्न सक्ने जनप्रतिनिधिबाहेकसँग कर्मचारीको टकराव हुने गरेको देखिन्छ । चुनाव नजिकिदै जाँदा अन्य दलका प्रतिनिधिहरु पनि विभिन्न काममा दबाब बढाउन थालेका छन् ।

Advertisement 2

अहिले जनप्रतिनिधिहरु धमाधम पालिकाहरुको बाँकी रहेका खर्चहरु सक्ने र अनुगमन गर्नेमा सक्रिय भएका छन् । देशभर जनप्रतिनिधिहरु प्रायः अनुगमनमा खटिएको देख्न सकिन्छ ।

प्रकाशित :२०७८ चैत्र ८, मंगलवार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry