ट्रेड यूनियन

परिचय
ट्रेड भन्ने बित्तिकै ब्यापार ,ब्यवसाय, पेशा आदिलाई बुझिन्छ भने त्यसरी ब्यापार,ब्यवसाय र पेशामा अनुबन्धित हरेक मानिसहरु संगठित हुनुलाई ट्रेड युनियनका रुपमा बुझ्न सकिन्छ । बिस्तृत अर्थमा भन्नुपर्दा कुनैपनि संस्था/संघ/संगठनका सदस्यहरु संगठित रुपमा घोषित उद्धेश्य पुरा गर्नका लागी क्रियाशिल हुनु नै ट्रेड युनियन हो । ट्रेड युनियनले कार्यस्थलमा आफना सदस्यहरुको हितको सुरक्षा र उनीहरुको सर्बपक्षीय बिकासका लागी आफना गतिबिधि संचालन गर्दछ । शारिरीक र मानसिक श्रम गर्ने हरेक श्रमिकहरुको अबस्था सुधारका लागी ब्यबस्थापन समक्ष सौदाबाजी गर्ने अधिकारप्राप्त संस्थाहरु नै ट्रेड युनियन हुन । उपयुक्त पारिश्रामिक,संस्थागत र पेशागत सुधार,कार्यस्थल र कार्यबाताबरण अनुकुलनका लागी बिधि र पद्धति निर्माण तथा प्रभावकारी कार्यान्वयन नै ट्रेड युनियनका मुख्य कार्यभारहरु हुन् । अतः ट्रेड युनियनले कामको गुणस्तर सुधार,संरचनागत सुधार,प्रक्रियागत सुधार, कार्यप्रकृयामा सुधार गर्न ब्यवस्थापकलाई पृष्ठपोषण दिई कामदारहरुलाई उत्प्रेरित गर्ने कार्यहरु समेत गर्दछ । यसले ब्यवस्थापकलाई निरन्तररुपमा घच्घचाएर सेवाप्रबाहमा सहजीकरण, उत्पादन र बजारीकरण लगायतका काममा सहयोग गरि अपेक्षित परिणाम हासिल गर्नमा सहयोग पुर्याउछ । ब्यवस्थापकको ताबेदारी गर्ने,प्रशंसक बन्ने , गुलामी गर्ने र हजुरीमा रमाउने कामले ट्रेड युनियनको कमजोर पक्षलाई प्रतिबिम्बित गर्दछ भने ब्यवस्थापक समक्ष सामुहिक हितका लागी सौदाबाजी गर्ने, बिधि र प्रकृया निर्माणका बिषयमा सल्लाह सुझाब प्रदान गर्ने, खबरदारी गर्ने र प्रचलित ऐनका अधिनमा रही आन्दोलन संचालन गरि संस्थागत सुधारका दिशामा क्रियाशिल रहन अभिप्रेरित गर्ने कार्य गर्नु भनेको अशल ट्रेड युनियनका काम कर्तब्यभित्र पर्दछन जसले सेवालाई अझ प्रभावकारी,जवाफदेही,उत्तरदायी बनाई अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउन सक्दछ ।
ट्रेड युनियनका सन्दर्भमा कार्ल माक्सले भनेका छन्“The value of labour -power constitutes the conscious and explicit foundation of the trade unions, whose importance for the … working class can scarcely be overestimated. The trade unions aim at nothing less than to prevent the reduction of wages below the level that is traditionally maintained in the various branches of industry. That is to say, they wish to prevent the price of labour -power from falling below its value” (Capital V1, 1867, p. 1069).
Advertisement 1
समाजबादीहरुको धारणालाई उदृत गर्दै अष्ट्रेलियन तथ्यांक बिभागले यसरी परिभाषित गरेको पाईन्छ ।
Early socialists also saw trade unions as a way to democratize the workplace, in order to capture political power. Australian Bureau of Statistics
Advertisement 2
“an organisation consisting predominantly of employees, the principal activities of which include the negotiation of rates of pay and conditions of employment for its members.”
Recent historical research by Bob James puts forward the view that trade unions are part of a broader movement of benefit societies, which includesmedieval guilds, Freemasons, Oddfellows, friendly societies, and other fraternal organizations.
Advertisement 3
ट्रेड युनियन ईतिहास
संगठित ट्रेड युनियनको ईतिहासको शुरुवात १८ औ शताब्दीको ब्रिटेन, युरोपियन महाद्धीप र अमेरिकाबाट भएको देखिन्छ । बिभिन्न मुलुकहरुमा यसलाई श्रम आन्दोलनसंग जोडेर हेर्ने गरिएको पाईन्छ । त्यतिबेलादेखि नै आर्थिक र राजनैतिक नेतृत्वबाट षडयन्त्रको शिकार भएको ट्रेड युनियन १९ औ शताब्दीमा फैलिन सकेको उदाहरणहरु छन् । ब्रिटेनमा सन १८७१ मा ट्रेड युनियन ऐन बनेसंगै कानुनी मान्यता प्राप्त गरिरहदा अमेरिकामा भने सन १८६६ मै National Labour Union का माध्यमबाट गतिबिधी अगाडी बढाईरहेको देखिएपनि बिभिन्न श्रमिकहरुले आफ्नो पेशा परिबर्तन गरिसकेका कारण १८७०मा नै लोप भईसकेको देखिन्छ । American Ferderation of Labour को स्थापना भएसंगै र बिभिन्न दक्ष श्रमिकहरुको संगठित हुने प्रयाससंगै सन १८८६ मा उक्त संस्थामार्फत श्रमिक आन्दोलनको पुन: शुरुवात भएको हो । बिभिन्न आरोह अवरोह तथा अबरोधहरुलाई चिर्दे अगाडी बढेको श्रम आन्दोलनले राजनैतिक स्वरुप लिदै ब्रिटेनमा सन १९०६ मा Labour Party का स्थापना हुन गएको पाईन्छ ।
बीसौ शताब्दीमा आएर क्राफ्ट युनियनहरु औद्योगिक युनियनमा रुपान्तरण भएपछि अर्धदक्ष कामदारहरुलाई समेटने बिषय चुनौतीको बिषय बन्दै गयो । सन १९३५ मा AFL ले अर्धदक्ष कामदारहरुका हितका मुद्धाहरु उठाउन अस्वीकार गरेसंगै Congerss of Industrial Organization लाई अगाडी सारियो र पछि सन १९५५ मा उपरोक्त दुबै युनियनहरु एकीकरण भए । १५ मिलियन सदस्यहरु संगठित रहेको AFL–CIO संस्था निर्माण भयो । सोही समयमा युरोप महाद्धीप र ब्रिटेनमा पनि थुप्रै संस्थाहरु क्रियाशिल रहे । यसै शताब्दीमा आएर काम गर्न पाउने अधिकार ( Right to work Law ) मार्फत कामदार तथा श्रमिकहरुका सबैखाले बिषयहरु सम्बोधनको प्रयास थालियो ।
विश्व टेड युनियन महासंघ ICTU
सन १९४५ अक्टोबर ३ मा स्थापना गरिएको विश्व टेड युनियन महासंघ हो ग्रीसको राजधानी एथेन्समा केन्द्रीय कार्यालय रहेको यस छाता संस्थामा सन २०२२ सम्मको अध्याबद्यिक बिबरण अनुसार १०५ मिलियन सदस्य रहेका छन् । दोश्रो बिश्वयुद्धपछि त्यसको प्रभावका कारण स्थापना हुन गएको यस छाता संघमा बिभिन्न पेशागत, क्षेत्रीय,महाद्धीपिय संरचनाहरु छन् । सार्वजनिक क्षेत्र, शिक्षक , प्राध्यापक,वकिलहरुका भिन्नाभिन्नै संगठनहरु यसमा आबद्ध रहेका छन् भने एशिया प्यासिफिक क्षेत्र,युरोप क्षेत्र,अफ्रिकन क्षेत्र आदि गरि बिभिन्न क्षेत्रमा यसका संरचनाहरु रहेको पाईन्छ । बिश्वभरका समाजबादी धारका युनियनहरुले आबद्धता लिने गरेका छन् ।
अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ पुंजीबादी धारका श्रमिक संगठनहरुको छाता संस्थाका रुपमा स्थापित यस महासंघका सदस्य संख्या २०७ मिलियन रहेको अभिलेख छ । बेल्जियमको राजधानी ब्रसेल्समा केन्द्रीय कार्यालय यो महासंघ आइसीएफटीयु र डब्लुसीएलको मर्जरपछि बनेको हो । २००६ नोभेम्बर १ मा निर्माण भएको यस महासंघका पनि बिभिन्न बिषयगत संगठनहरु रहेको पाईन्छ । एशिया,युरोप ,मध्यपुर्ब,अमेरिका, अफ्रिका आदि महादेशका रुपमा सांगठनिक संरचनाहरु निर्माण भई क्रियाशिल भएको पाईन्छ ।
ट्रेड युनियन अधिकारका सम्बन्धमा अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धिको धारा ८७० सङ्गठित हुने अधिकारको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षण श्रम अधिकारको संरक्षणका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का आठ वटा आधारभूत महासन्धिहरूअन्तर्गत पर्दछन् । यस महासन्धिले कर्मचारी र रोजगारदाता दुवैको स्वतन्त्र रूपमा संगठित हुन पाउने अधिकारको रक्षा गर्दछ। महासन्धि ९८) मा श्रमिक र रोजगारदाता दुवै संस्थालाई एकअर्काको हस्तक्षेपबाट जोगाउन प्रभावकारी कदम चाल्नु आवश्यक छ । अन्तमा, महासन्धि ९८ ले सरकार, श्रमिक र रोजगारदाता संस्थाहरूलाई स्वेच्छिक वार्तालाई बढावा दिन मेसिनरी विकास र प्रयोग गर्न आवश्यक छ ।
नेपालको ट्रेड युनियन आन्दोलन
ट्रेड युनियन के हो ? किन चाहिन्छ भन्ने बिषयमा जानकारी नै नभएका बिराटनगर जुटमिलमां कार्यरत रहेका मजदुरहरुद्धारा सन १९४७ मार्च ४ मा जुटमिलमा मजदुरहरुबाट थालिएको आन्दोलन नै पहिलो प्रयासको रुपमा लिन सकिन्छ । गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी र तारिणीप्रसाद कोइरालाले जुटमिलमा प्रबेश गरेपछि यसले गति लिन थालेको देखिन्छ । उनीहरुले बिभिन्न क्षेत्रमा मजदुरकैरुपमा कार्यरत रही मजदुर आन्दोलनलाई अगाडी बढाउने गरि राजनैतिक क्रियाकलाप अगाडी बढाएको देखिन्छ । रातको समयमा भेला हुने,छलफल ,अन्र्तक्रिया गर्ने र केही गर्नपर्छ भन्ने अभिप्रायका साथ सन १९४७ मार्च ४ का दिन बिहान ठीक ७ बजे ७ मिनेटका लागी हडताल गर्ने निर्णय भएको थियो । जसमा मजदुरका मांगहरुलाई संश्लेषण गर्ने जिम्मेवारी मनमोहन अधिकारीलाई दिइएको थियो । आधा तलबबृद्धि मुख्य मांग थियो । ततकालीन सरकारले मजदुर नेताहरुलाई जेल हाल्ने , १५ प्रतिशत ज्यालाबृद्धि गर्ने र आन्दोलन अबधिको पनि पारिश्रामिक मजदुरहरुलाई उपलब्ध गराउने गरि निर्णय गर्यो । भारतीय ट्रेड युनियन आन्दोलनको झल्को दिने गरि आन्दोलनको शुरुवात गर्ने,मजदुरहरु संगठित गर्ने ,नेता र झन्डाको ब्यवस्थापन गर्ने लगायतका क्रियाकलापहरुमा तीब्रता छाएको थियो । सरकार र मिल मालिकहरु आन्दोलन दवाउनका लागी हदैसम्मको शक्ति प्रयोग गरिरहेका भएपनि मजदुरहरुको अभुतपुर्व एकता र ब्यापक जनसमर्थनका अगाडी बडा हाकिम रामशमसेर लगायत सत्तापक्षकोे केही सीप नचलेको कुरा प्रष्टै देख्न सकिन्थ्यो । आन्दोलनमा संलग्न ५–७ हजार मजदुरहरुको खाना, पानी र पैसा जनताहरुबाट उपलब्ध गराईएको घटनाका प्रत्यक्षदर्शी ततकालीन प्रधानमन्त्री पद्यशमसेर चकित थिए । मजदुरहरुलाई उपयुक्त आबासको ब्यवस्था,जिबिकोपार्जनयोग्य ज्याला र श्रमिक संगठनको बैधानिकताको ग्यारेन्टी जस्ता मांगहरु मुख्य रहेकोमा सरकारले श्रमिक संगठन माथि प्रतिबन्ध लगाउने र राष्ट्रियसभामा श्रमिक नेतालाई प्रतिनिधित्व गराउने गरि सन १९४७ मा श्रम ऐन निर्माण गरेर आन्दोलनका सन्दर्भमा द्धैध चरित्र प्रदर्शन गरेको कुरा जननेता मदन भन्डारीद्धारा सार्बजनिक गरिएको पाईन्छ । सन १९४७ देखि सन १९५१ को मजदुर आन्दोलनले समाजबादी धार र कम्युनिष्ट धारको स्वरुप लिएको थियो । आन्दोलनको नामाकरण र प्रयोग हुने झन्डाका बिषयमा जहिले पनि अन्र्तबिरोध भईरहने अबस्था थियो ।
सन १९५१ देखि सन १९५९ सम्मको आन्दोलनमा राजनैतिक परिबर्तनसंगै नेतृत्वको भुमिका पनि कांग्रेस र कम्युनिष्टको भुमिकामा देखापर्नाले एवं कम्युनिष्ट पार्टीमा लागेको बन्देजका कारण अखिल नेपाल ट्रेड युनियन कांग्रेसको बिस्तार भई ६ हजारसम्म सदस्यहरु यसमा संगठित भए । गिरीजाप्रसाद कोइरालाले नेतृत्व गरेकोको नाम नेपाल ट्रेड युनियन कांग्रेस र मनमोहन अधिकारीले नेतृत्व गरेको अखिल नेपाल ट्रेड युनियन कांग्रेसका नामबाट संचालन भएको पाईन्छ । यस अबधिमा नेपालको ट्रेड युनियन आन्दोलन शीतयुद्धको राजनीतिबाट प्रभावित भएर वामपन्थी र गैरबामपन्थीका रुपमा ध्रुवीकृत भयो । आम कामदारको हित र चासोको मुद्धा भन्दा पनि श्रमदलीय राजनीतिलाई प्रभावित गरि भारतीय आन्दोलनको कार्बन प्रतिलिपीको स्वरुप ग्रहण गरेका पाईन्छ ।
संबैधानिक कु गरि राजनैतिक दलमाथि राजा महेन्द्रले लगाएको प्रतिबन्धका कारण राजनैतिक र युनियनसम्बन्धि गतिबिधी हुन नसकेका कारण सन १९५९ सम्म पनि ट्रेड युनियनको राष्ट्रिय केन्द्र निर्माण हुननसकेको तीतो यथार्थ बिद्यमान रहेको अबधिका रुपमा चित्रण गर्न सकिन्छ । सन १९७३ मा बिराटनगर जुट मिलमा भएको मजदुर हडतालले ततकालीन सरकार समर्थित नेपाल मजदुर संगठनको बिकल्पका रुपमा प्रगतिशिल ट्रेड युनियन आन्दोलनको धरातल निर्माण भएको थियो । सन १९७६ को बिद्यार्थी आन्दोलन,झापामा भएको किसान आन्दोलनमा गिरफ्तारी पाएका बिद्यार्थी र कृषक नेताहरुले जेलमा भेटेका राजनैतिक नेताहरुको अनुशिक्षणका आधारमा होटल क्रिस्टल र होटल शंकरमा मजदुरहरुलाई संगठित गर्ने प्रयास गरे । यही आधारमा पछि मुस्लो परिबार नामक संगठनको स्थापना भयो जसको अगुवाई प्रदिप नेपाल,माधब पौडेल र गोपाल शाक्य लगायतका नेताहरुले गरेको ईतिहास भेटन पाईन्छ । प्रौढ साक्षरताका नाममा रातीमा कक्षा संचालन हुने भएकाले मे दिबसलाई राजनीतिक आन्दोलनका रुपमा मनाउन मे दिबस समिति गठन गरियो । यसै समितिमार्फत ततकालीन राणाशासनका बिरोधमा पर्चा बितरण गर्ने कार्य सम्पन्न गरिएको थियो । यस पश्चात उल्लेख तीनै जना नेताहरुलाई गिरफतार गरि १० बर्ष कैद र १० हजार जरिवाना तोकिएको थियो भने वीरबहादुर लामालाई ५ बर्ष कैद र ५ हजार जरिवाना तोकिएसंगै ट्रेड युनियन आन्दोलनको दोश्रो संस्करण शुरु भएको पाईन्छ ।
सन १९८० जनवरी २९ र ३१ का दिन बालाजु औद्योगिक क्षेत्रका श्रमिकहरुले आयोजना गरेको बृहत बैठकबाट नेपाल स्वतन्त्र श्रमिक युनियन गठन गरे ।सन १९९० सम्ममा उत्पादनमुलक उद्योगबाहेकका क्षेत्रमा संगठित गर्ने प्रयास रहेकोमा सो पश्चात होटल ,ट्रेकिंग,यातायात,प्रेश तथा प्रकाशन क्षेत्रमा वर्गसंघर्षका सिद्धान्तमा आधारित रही ट्रेड युनियन अधिकार र सामाजिक न्याय मांग गर्दै आन्दोलनलाई अगाडी बढाइयो जसले भुमिगत राजनीतिमा रहेका राजनैतिक दलहरुसंग समन्वय र सहकार्य गरिन्थ्यो । यही अबधिमै बौद्धिक समर्थन प्राप्त गर्नका लागी नेपाल राष्ट्रिय शिक्षक संघले शिक्षकहरुलाई संगठित गरेको पाईन्छ । सन १९८९ जुलाइ २० मा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को स्थापना भएको हो । संगठन, समन्वय,संघर्षमा सहयोग र असंगठितलाई निर्देशन दिने उद्धेश्य सहित यसले निरन्तर गतिबिधी गरिरहेको छ । सन १९९१ मा नेपाल निजामती कर्मचारी संगठनको स्थापना पश्चात सरकारी क्षेत्रमा पनि ट्रेड युनियन अभ्यासको शुरुवात भएको पाईन्छ । कर्मचारीको पेशागत हकहित, बृत्तिबिकास ,सेवा सुबिधामा बृद्धि र भ्रष्टाचार नियन्त्रण मुख्य मांगका रुपमा उठाई स्थापना भएको संगठनमा कार्यशैलीगत, बैचारिक आस्थागत र मनोगत स्वार्थगत धारणा बिकास भई ट्रेड युनियनमा बिभाजन आई राष्ट्रियस्तरका ट्रेड युनियनको संख्या आधादर्जनको निकट देखिन्छ ।