संघीय सरकारलाई भट्टको चुनौती,दुई दिन बिदा अस्वीकार

दुई दिन बिदा दिने संघीय सरकारको निर्णयलाई बारपाक सुलिकोट गाउँपालिकाले नमान्ने भएको छ । उस्ले सातामा शनिवार र आइतबार बिदा दिने निर्णय अस्वीकार गरेको छ । नवनिर्वाचित पालिकाप्रमुख विष्णु प्रसाद भट्टले पालिकाभित्र आइतबार सार्वजनिक बिदा नदिन आदेश दिएका छन्। उनले एक सूचना जारी गर्दै शनिबार एक दिनमात्र बिदा दिएर बाँकी छ दिन यथावत रुपमा काम गर्न वा गराउन निर्देशन दिएका हुन् ।

Advertisement 1

शाखा अधिकृत इश्वरी प्रसाद पनेरुद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, नेपाल सरकार गृह मन्त्रालयको मिति २०७९/०१/२६ गतेको खण्ड ७२ संख्या ८ भाग ५ नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम नेपाल सरकारले परीक्षणको रुपमा संवत् २०७९ साल जेठ १ गते देखि लागू हुने गरि हप्तामा दुई दिन सार्वजनिक विदा दिन निर्णय गरे तापनि यस बारपाक सुलिकोट गाउँपालिकाको मिति २०७९/०२/१५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार साविक बमोजिम नै हुने गरि हाललाई अर्को सूचना प्रकाशन नभएसम्मका लागि यस बारपक सुलिकोट गाउँपालिका क्षेत्रभित्र तपशिल बमोजिम लागू हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

 

Advertisement 2

 

प्रकाशित :२०७९ जेष्ठ १६, सोमबार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry