अनुसन्धान अधिकृतको सर्टिफिकेट नक्कली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृतविरुद्ध नक्कली शैक्षिण प्रमाणपत्रको मुद्धा चलाएको छ । अख्तियारले हाल राअविमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
Advertisement 1
प्युठान जिल्लामा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरु नियुक्ति भई बरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भै सरकारी लाभ तथा सुविधा लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको पुष्टि हुन आएकोले निज सज्जनबहादुर बुढाथोकी क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी लिई विहिवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।