सेवा समूह मिचेर सहसचिवको सरुवा

एक सहसचिवलाई सेवा समूह मिचेर चिकित्सा शिक्षा आयोगमा खटाइएसँगै भाँडभैलो शुरु भएको छ । प्रशासन सेवाका सहसचिवलाई शिक्षा सेवाका सहसचिव खटाइनु पर्ने चिकित्सा शिक्षा आयोगमा खटाइएसँगै चिकित्सा शिक्षा आयोगले आपत्ति जनाएको हो ।
Advertisement 1
सरकारले गत बिहीबार एकै पटक २२ सहसचिवको सरुवा गर्दा कृषिबाट सहसचिव काली प्रसाद पराजुलीलाई सिधै चिकित्सा शिक्षा आयोगमा पठाइएपछि भाँडभैलो शुरु भएको छ । प्राय राम्रो पोष्टिङ पाइरहने सहसचिव पराजुलीलाई चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेपछि आयोगले आपत्ति जनाएको छ ।
त्यहाँ कार्यरत सदस्य सचिव डा भोजराज काफ्लेको कर्णाली प्रदेशमा सरुवा भएपछि सो पद रिक्त भएको थियो । आयोगको सहमतिबेगर सरुवा गरेपछि आयोगले आपत्ति जनाएको हो ।
Advertisement 2
आयोगको वैशाख अन्तिममा भएको कार्यकारी समितिको बैठकले शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको नाममा सहमति दिएको थियो ।
शिक्षा सेवाकै कर्मचारी सदस्यसचिव हुनुपर्ने व्यवस्थाअनुसार मन्त्रालयका उच्च शिक्षा महाशाखामा कार्यरत सहसचिव काप्रीको नाममा सहमति दिएको उपाध्यक्ष प्राडा गिरीको भनाइ थियो । उच्च स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समेत सहसचिव काप्रीलाई आयोगमा सरुवा गर्न शिक्षा सचिव रामकृष्ण सुवेदीलाई निर्देशन दिनुभएको थियो ।