यी हुन् हालसम्मका मुख्य सचिवहरु

२०१२ साल देखि हाल सम्म नेपालमा २६ जना मुख्यसचिवहरु रहेका छन् । पहिलो मुख्यसचिवको रुपमा चन्द्र बहादुर थापा विसं २०१२ साल ६ महिना २८ गते राजा महेन्द्रद्धारा नियुक्ती भएका थिए । उनले २०१६ साल ३ महिना १४ गते सम्म कार्यभार समालेका थिए । चन्द्र बहादुर थापा नेपाली प्रशासक तथा जनसेवक हुन् । उनले नेपालको प्रथम मुख्यसचिव
क्याबिनेट सेक्रेटरी तथा नेपालको प्रथम महालेखा परीक्षकको रूपमा कार्यभार सम्हालेका थिए । त्यस्तै कुलशेखर शर्मा नेपाल राष्ट्र बैङ्कको छैठौं गभर्नर हुन् ।उनको कार्यकाल सन् १९७९ देखि १९८४ सम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो । कृष्णबम मल्ल, क्षेत्रविक्रम राणा, प्रद्युम्नलाल राजभण्डारी नेपाल राष्ट्र बैङ्कको तेस्रो गभर्नर हुन् । उनको कार्यकाल सन् १९६५ देखि १९६६ सम्म रह्यो । उनले केवल राजा महेन्द्रका मुद्रामा हस्ताक्षर गरे ।कृष्णबहादुर मानन्धर, भोगेन्द्रनाथ रिमाल, कर्ण ध्वज अधिकारी, लोकवहादुर श्रेष्ठ, दामोदरप्रसाद गौतम, मधुसुदनप्रसाद गोर्खाली, डा. ईश्वरप्रसाद उपाध्याय, वलराम सिंह मल्ल, तीर्थमान शाक्य, केशवराज राजभण्डारी, विमल कोइराला नेपालका पूर्व प्रशासक तथा नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्। लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालका पूर्व प्रमुख आयुक्त हुनुहुन्थ्यो । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी अहिले निलम्बित छन्। कार्की निलम्बित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको जिम्मेवारी वरिष्ठताको हैसियतले आयुक्त दीप बस्न्यातले सम्हालेका थिए । मुकुन्द शर्मा पौडेल, भोजराज घिमिरे विसं २०१४ सालमा बुबा पद्मलाल घिमिरे र आमा लीलादेवी घिमिरेको कोखबाट जन्मिएका बहुआयामिक व्यक्तित्व हुन्। नेपाल सरकारको उच्चतह (मुख्यसचिव) बाट अवकास पाएको उनले राजदूतको रूपमा काम गरेर कुटनीतिक अनुभव समेत लिएका छन्। सरकारी सेवा र कुटनीतिक दक्षताबाहेक उनको जीवनको अर्को पाटो साहित्यलेखन पनि हो। मुख्यतया गजल विधामा कलम चलाइरहेका उनी कविता, गीत, कथा र उपन्यास लेखनमा समेत सक्रिय छन्। विसं २०३० सालमा एसएलसी परीक्षा दिएका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। निर्बन्ध आकाश र उन्मुक्त किनारा उनको प्रकाशित गजल सङ्ग्रहको नाम हो। वि। सं। २०१४ सालमा बुबा पद्मलाल घिमिरे र आमा लीलादेवी घिमिरेको कोखबाट जन्मिएका भोजराज घिमिरे बहुआयामिक व्यक्तित्व हुन्। माधवप्रसाद घिमिरे नेपाल सरकारका पूर्व मुख्य सचिव हुन्। उनी खिलराज रेग्मीको अध्यक्षतामा २०६९ चैत्र १ गते गठित अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९का गृह तथा परराष्ट्रमन्त्री थिए। लामो समय निजामति सेवामा रहेर विशिष्ट श्रेणीसम्म पुगेका घिमिरेलाई तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारले मुख्यसचिव बनाएको थियो। घिमिरेको जन्म विसं २०१७ माघ २५ गतेका दिन पाल्पाको तानसेन नगरपालिका–१२मा भएको हो। पाल्पाबाटै विद्यालय शिक्षा पूरा गरेका यिनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासन, ग्रामीण तथा क्षेत्रीय विकास योजनामा स्नातकोत्तर र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)बाट नेपालमा गरीबी न्यूनीकरणसम्बन्धी विकास योजना विषयमा विद्यावारिधि गरेका थिए। यिनको २०७३ असोज १९ गते मुङलिन नजिकै त्रिशुली नदीमा जीप दुर्घटनामा परी निधन भयो। पूर्व मुख्यसचिव घिमिरे मानव संशाधन व्यवस्थापन र एकीकृत ऊर्जा योजनामा पाकिस्तान, मलेसिया र अस्ट्रेलियाबाट पनि उच्च शिक्षा हासिल गरेका छन्। उनी योजना अधिकृतको रूपमा महालेखा परीक्षकको कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए। घिमिरेले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी, राष्ट्रिय योजना आयोगको सचिवालय, सिँचाइ विभागको प्रमुख प्रशासकीय अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय र जलस्रोत मन्त्रालयको उपसचिव, मूल्य अभिवृद्धि कर कार्यालयको नायब महानिर्देशक, अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग समन्वय महाशाखाको प्रमुख, चीनको विशेष प्रशासित क्षेत्र हङकङका निम्ति महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका छन्। सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सचिवका रूपमा पनि उनले काम गरिसकेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सभा र सम्मेलनमा भाग लिएका घिमिरेका एक छोरा र एक छोरी छन्। लीलामणि पौड्याल नेपालका पूर्वप्रशासक हुन्। यिनले नेपाल सरकार का मुख्य सचिव, चीनका लागि नेपाली राजदूत सम्मको भूमिका निभाएका छन्। पौडेल कडा निजामती सेवा लक्ष्यको नारा , र उनका सामाजिक अभियान , बागमती सफाई महाभियान आफ्नै सक्रियतामा सुरु गरेका क्रियाकलापबाट लोकप्रिय अभियन्ता हुन् ।ृ१े उनी नेपालमा एक सक्रिय साथै लोकप्रिय व्यक्तिको रूपमा रहे र विभिन्न छलफल , बहस तथा सामाजिक अभियानमा लागिरहे ।

Advertisement 1

२०७३ भदौ १६मा सरकाले उनलाई चीनको लागि नेपाली राजदुत नियुक गर्यो । २०७६ फागुन १८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकले चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरी महेन्द्रबहादुर पाँडेलाई राजदूत सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन निर्देशन समेत दिएको थियो। ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएका पौडेललाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको बताएको थियो । पौडेल वि.सं.२०६९साल ४ महिना २२ गते देखि २०७२ साल ४ महिना २१ सम्म नेपालको निजामती सेवाको उच्चतम पदमा रहे । यो समयमा उनले लामो समयसम्म विवादित रहेको र अन्योल रहेको माओवादी लडाकुको नेपाली सेना मा समायोजन तथा पुनर्स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । सोमलाल सुवेदी, राजेन्द्रकिशोर क्षेत्री, लोकदर्शन रेग्मी संयुक्त अधिराज्यका लागि राजदूत हुन् र नेपाल सरकारका मुख्य सचिव थिए । उनले गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले बन तथा भूसंरक्षण मन्त्रालयको सह सचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम दिभिकनको उपसचिव , पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशाशक , बन तथा भूसंरक्षण मन्त्रालयको सचिव, अर्थ सचिव र गृह सचिव भएर यस अघि सेवा गरेका थिए । शंकरदास बैरागी ।

प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार १५:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry