भन्सारको संसार,फाजिलमै भरमार

भन्सार विभागमा महानिर्देशक हुँदा कमल भट्टाईले गरेको बदमासीहरु अहिले छरपष्ट हुन थालेका छन् । सचिव कृष्णहरि पुष्करका प्रतापले भन्सारबाट संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी फाँट हेर्ने गरी हर्ताकता बनाएर लगिएका तत्कालीन महानिर्देशक कमल भट्टराईले धेरै घोटाला गर्न सकिने भन्सार कार्यालयहरुमा दरबन्दी नै नभएपनि ५० जना कर्मचारीहरुलाई जबर्जस्ती फाजिलमा पठाएका थिए ।

Advertisement 1

प्रचलित ऐनविपरित दरबन्दी नै नभएका स्थानमा पचासौं कर्मचारी पठाउँदा एक जनाबाट ३ देखि ५ लाखसम्म शुभलाभ उठाइएको खटाइएका कर्मचारीले बताउने गरेका छन् । उनै कमल अहिले संघीय मामला तथा सामान्य प्रशासन महाशाखा प्रमुख रहेका छन् । यही महाशाखाले देशभरका निजामती कर्मचारीको सरुवामा निर्णायक भूमिकामा छन् ।
हालैमात्र भन्सारले दरबन्दीमा कार्यरत ६८ जना कर्मचारीको काज सरुवा गरी दरबन्दी बेगरको कार्यालयमा पठाउने निर्णय भएको छ । यसमा समेत उनै कमलको योजना मुख्य रहेको भन्सार विभागका कर्मचारीहरुले इकर्मचारीडटकमसँग सुनाएका छन् ।

२०७९ भदौ २० मा दरबन्दीअनुसार खटाइएका कर्मचारीलाई काजमा अन्तै पठाएर उनीहरुका स्थानमा कमलले फाजिलमा पठाएका कर्मचारीलाई जिम्मा दिने निर्णय अहिले सेवन्तक पोखरेलले गरेको धेरैको भनाई छ ।

Advertisement 2

यस्तो निर्णय गर्न विभागको प्रक्रिया र नियमबमोजिम असहज हुने भएकाले यसका लागि उनले सामान्य प्रशासन मन्त्रालयका उनै कमलको सहयोग लिएको बताइन्छ ।

यो सरुवाको निर्णयले विभागमा असन्तुष्टी चुलिंदै गएपछि महानिर्देशक चक्रबहादुर बुढासँग छलफलका लागि जाँदा उनले आफूलाई यस विषयमा थाहा नभएको र विश्वासका आधारमा निर्णयमा हस्ताक्षर गरिदिएको बताएको कर्मचारीहरु सुनाउँछन् । यो सरुवा रोक्नका लागि प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेल र अख्तियारबाट पनि चासो राखिएको बुझिएको छ ।

Advertisement 3

हाल विरानगरस्थित भन्सार कार्यालयमा फाजिलमा १२ जना, वीरगञ्जमा १७ जना,कृष्णनगरमा ११ जना र भैरहवामा ८ जना कर्मचारी राखिएका छन् ।

प्रकाशित :२०७९ फाल्गुन २८, आईतवार ०६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry