९० लाख अकुत आर्जनमा तानिए अहेब

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर अहेबविरुद्ध अकुत आर्जनमा मुद्धा चलाएको छ । अख्तियारले आज स्याङ्जाको चापाकोट नगरपालिकाका तत्कालिन सिनियर अहेव बिन्दु कोइरालालाई अकुत आर्जनमा मुद्धा दायर गरेको हो ।

Advertisement 1

आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपैयाँ ३९ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अहेव कोइराला २०५४ कात्तिक ५ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियारले २०७८ मंसिर २१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा ९० लाख ३९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको भेटिएको जनाएको छ ।

कोइरालाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी गीता कोइरालाको नाममा समेत राखेको पाइएको छ ।
अख्तियारले दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २९ बमोजिम गीतालाई समेत प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न मागदाबी गरिएको छ ।

प्रकाशित :२०८० आश्विन १९, शुक्रबार १६:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry