ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदमा नियुक्त भएका यादवले शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।
Advertisement 1
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या तथा प्रशासन सचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।
प्रकाशित :२०८१ बैशाख ३१, सोमबार २०:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%