एक्सेल बिजनेस कलेज द्वारा पहिलो ईबीसी दशैं फेस्ट २०८०’ आयोजना हुने
एक्सेल बिजनेस कलेज द्वारा पहिलो ईबीसी दशैं फेस्ट २०८०’ आयोजना हुने भएको छ । एक्सेल बिजनेश कलेजअन्तगर्त ‘ईबीसी इभेन्ट म्यानेजमेण्ट क्लब’को आयोजनामा उक्त फेष्ट हुन लागेको क्लबका सचिव धर्मेन्द्र जैशीले जानकारी दिए ।
Advertisement 1
आगामी शनिबार (असोज २० गते) हुने उक्त फेष्टमा विभिन्न लोकप्रिय गायक तथा कमेडियनहरुले प्रस्तुति दिने समेत उनले बताए । खेल स्टल, ट्रेड स्टल, फुड स्टल, म्यूजिक, स्ट्याण्डअप कमेडी तथा गायकहरू कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनेछन् ।
कल्चरल फेस्टिभलका रूपमा रहेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा भाइचारा एवं सामाजिक सेवा भावमा वृद्धि गर्ने आयोजकले अपेक्षा लिएको छ । उक्त कार्यक्रमबाट सामाजिक विकास एवं शान्ति प्रवद्र्धन हुने समेत आयोजकको अपेक्षा छ ।
Advertisement 2
उदीयमान युवा गायक आशिष महर र महेन्द्र विकको प्रस्तुति रहने कार्यक्रमको मुख्य प्रायोजकमा ज्योति विकास बैंक रहेको छ । युवा गायक महर र विक नेपाली चर्चित गायक रियलिटी शो ‘भ्वाइस अफ नेपाल’मार्फत् आफ्नो आवाज र प्रस्तुति का कारण आम दर्शकको मनमा बस्न सफल छन् ।
युवा पुस्ताका चर्चित गायकका रुपमा स्थापित हुँदै गरेका महर र वि क को प्रस्तुतिले कार्यक्रममा सहभागी हुने विद्यार्थी तथा आम दर्शकलाई मनोरन्जन र प्रेरणा मिल्ने आयोजकले विश्वास लिएको बताएको छ ।
Advertisement 3
कार्यक्रमको हेल्थ पार्टनरमा भेनस हस्पिटल, मल्टिमिडिया पार्टनरमा आइएनआइ सिनेमा, राइडिङ पार्टनरमा भ्याली बाइक, फुड पार्टनरमा पठाओ र केट्ली लाउन्ज रहेका छन् । भने, डेन्टल पार्टनरमा नोभा केयर डेन्टल क्लिनिक तथा क्लोथिङ पार्टनरमा ओम शान्ति टेलर रहेको आयोजकले जनाएको छ ।
झण्डै १२ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।