कोरोना परीक्षण शुल्क परिमार्जन, अब ४४०० मैं परिक्षण

सरकारले पिसिआर प्रविधिबाट गरिने कोरोना परीक्षणको शुल्क घटेको छ । आजैबाट लागू हुने गरी मन्त्रालयले कोरोना भाइरस परीक्षणमा तिर्नुपर्ने शुल्क परिमार्जन गरेको छ। यस अघि निजी प्रयोगशालाबाट गरिने परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएकोमा सो शूल्क घटाएर अधिकतम शुल्क ४ हजार ४०० तोकिएको हो । बजारमा कीट लगायत परीक्षण सामग्रीको मुल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको मन्त्रालयको भनाई छ । स्वास्थ्य मन्त्रालयले आजै देखि लागू हुने गरी नयाँ शुल्क लागु गरेको जनाएको छ।
देभभर ११ निजीसहित ४५ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजि प्रयोगशालामा सशुल्क कोरोना परीक्षण हुन्छ। तर, सरकारीमा निशुल्क परीक्षण पनि गरिन्छ। अहिलेसम्म ११ ओटा निजी अस्पताललाई शुल्क लिएर पीसीआर परीक्षण गर्ने अनुमति दिएको छ । यो बाहेक उपत्यकाका तीन र अन्य ६ प्रदेशमा ६ सरकारी अस्पतालमा पनि शुल्क तिरेर परीक्षण गराउन सकिने मन्त्रालयले जनाएको छ ।यस्तैगरी अबदेखि स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ। आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको अधिकारीहरूले जनाएका छन्।
Advertisement 1
अबदेखि संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र फ्रण्टलाइनमा काम गर्नेहरुको मात्र निशुल्क परीक्षण हुने भएको हो ।