सुन्दरीहरूको व्यापारिक संसार

उत्पादित सामान वा सेवा बिक्रीको लागि सेलिव्रेटीहरुलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्नु स्वाभाविकै हो । त्यस्ता सेवा वा उत्पादनसँग साइनो र सम्बन्ध जोडिएका व्यक्तिलाई ‘ब्राण्ड एम्बेसडर’ तोकिनु जायजै मान्न सकिन्छ तर उक्त व्यवसायसँग ‘गोरु बेचेको साइनो’समेत नगाँसिएका व्यक्तिलाई ‘ब्राण्ड एम्बेसडर’ बनाउने चलन चाहिँ अहिले नेपालमा नयाँ फेशनको रुपमा भित्रिएको मात्र छैन,मौलाइरहेको छ ।

Advertisement 1

विभिन्न कर्पाेरेट हाउसदेखि बैंक तथा वित्त कम्पनीहरुले महिलालाई यसरी ‘ब्राण्ड एम्बेसडर’ का रुपमा नियुक्त गरिरहेका छन कि त्यहाँ पुरुषको संख्या सिलो खोज्नुपर्ने स्थिती देखिदैंछ । महिलामा पनि विशेष गरेर ‘रूपमती’ अर्थात नेपाल सुन्दरीहरुलाई मात्रै मात्रै ब्राण्ड एम्बेसडर बनाउने होडबाजीमा नीजि बैंक तथा वित्त कम्पनीहरुबाट सरकारीतिर समेत सर्न थालेको देखिन थालेको छ ।

जस्तो कुनै समय सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो । पछि त्यो जिम्मेवारी स¥र्यो अर्की नेपाल सुन्दरी अनुश्का श्रेष्ठमा । यस्का अलवा बैंकले गायिका अस्मिता अधिकारीलाई समेत आफ्नो बैंकको प्रवद्र्धनका रुपमासमेत अनुबिन्धत गरेको छ ।

Advertisement 2

रमाइलो र जात्रा चाहिँ कृषि विकास बैंकमा देखिन्छ । कृषिसँग कुनै साइनो र सम्बन्ध नभएकी रक गायिका आश्रा कुँवरलाइ ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो । आश्रा र उपमा नामक ब्याण्डको स्थापना गरी रक गायनमा जमेकी आश्रा वातावरण अनुसन्धानकर्ताका रुपमा कार्यरत थिइन । अहिले यो सौभाग्य पाएका छन् जितु नेपाल ‘मुन्द्रे’ले । आफ्नो व्यवसाय प्रवद्र्धनका लागि चर्चित अनुहारलाई सद्भावना दुत (ब्राण्ड एम्बेसडर) बलियो हतियार बनिरहेको छ । यसमा सरकारी लगानीमा नेपाल बैंकले भने सुन्दरीलाई नरोजेर महावीर पुनलाई अनुबन्धित गरेको छ ।

नीजि लगानीका बैंक बीत्त कम्पनीहरुले भने नेपाल सुन्दरीलाई आफ्नो ब्राण्डको प्रवद्र्धकमा नियुक्ति गर्ने होडबाजी नै चलेको छ । कुनै समय राष्ट्रिय वाणिज्य बैंकको व्राण्ड एम्बेसडर नियुक्त पूर्व मिस नेपाल श्रृंखला खतिवडाले केही समय भारतीय महिन्द्रा गाडीको नेपाल बिक्रेता अग्नि ग्रुपले पनि ‘ब्राण्ड एम्बेसडर’का रुपमा काम गरिन । मारवाडीको लगानी रहेको एनआईसी एसिया बैंकले अभिनेत्री मनिषा कोइरालादेखि केकी अधिकारीसम्मलाई ब्राण्ड एम्बेसडरका रुपमा विज्ञापनमा खेलाइरहेको छ । आफ्नै शेयर शेयर स्वामित्व समेत भएका कारण होला विगत एक दशकदेखि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सानिमा बैंकको व्राण्ड प्रर्वद्धकका रुपमा देखिरहेका छन् । प्रभु बैंकले जसिता गुरुङसँग जोडिँदा ग्लोबल आइएमइ बैंकले वर्षा सिवाकोटी,इ– सेवाले बर्षा राउतहरुलाई खेलाइरहेको छ । यस्तै स्वस्तिमा खड्का पनि इ सेवाकै व्राण्ड एम्बेसडरका रुपमा काम गरिसकेकी हुन । माछापुच्छ्रे बैंकले केही वर्षअघि अभिनेत्री श्वेता खड्कालाई ‘ब्राण्ड एम्बेसडर’ बनायो । सिटी एक्सप्रेसमा अहिले जितु नेपाल मुन्द्रेले अवसर पाएका छन् । त्यही व्राण्ड एम्बेसडर भएकै कारण घ्यु कहाँ पोखियो दालमाकै शैलीमा उनले मुन्द्रेको कमेडी क्लब चलाएका छन्,सिटि एक्सप्रेसलाई टाइटल स्पोन्सर राखेर ।

Advertisement 3

उता सुन्दरीहरु माल्भिका सुब्बा, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठहरु एभरेष्ट बैंकको ‘ब्राण्ड एम्बेसडर’का रुपमा काम गरिसकेका छन् । अधिकांश बैंक तथा वित्त कम्पनीहरुको रोजाईमा सेलिव्रेटी महिला नै ब्राण्ड एम्बेसडरमा नियुक्त हुन्छन् । थोरै बैंक तथा वित्तीय संस्थाले मात्र खेलाडी,राष्ट्रिय महत्वका व्यक्तित्व र पुरुष कलाकारलाई ‘ब्राण्ड एम्बेसडर’ बनाएको देखिन्छ । जस्तो ग्लोबल आइएमइ बैंकले दीपक दीपाको जोडी र मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तलीको जोडीलाई ब्राण्ड एम्बेसडरका रुपमा अनुबन्धित गराउँदै आएको देखिन्छ ।

 

नारीलाई भोग्या बनाउने, सुन्दरी प्रतियोगितामा सजाउने प्रथाको बिश्वका कम्युनिस्टहरुले बिरोध गर्दै आएका हुन् । नेपालमै पनि माओवादीले मुहारको भन्दा मनको सौन्दर्य प्रबर्द्धन हुनुपर्छ भन्दै मीस नेपाल बिथोल्ने काम गरेकै हो । तर, बजार उपभोक्तावादले नानीदेखि लागेको बानी किन पो छोड्थ्यो र !

प्रकाशित :२०८० आश्विन १७, बुधबार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry