२५ लाख बढीको सुनसहित विमानस्थलबाट ३ रसुवाली पक्राउ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement 1
एयर अरेबियाको उडानद्वारा काठमाडौं आएका यात्रुहरू गतिविधि शंकास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा रसुवा नौकुण्ड १ का ३२ वर्षीय सुकुराम लामा, रसुवा नौकुण्ड ६ का २७ वर्षीय पेमा थोक्रा र नौकुण्ड ६ का २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । उनीहरु तीनै जनाको साथबाट दुई÷दुई थान ९९.९६ ग्रामको ब्रास्लेट बरामद गरिएको हो । तीनै जनाको साथबाट बरामद गरिएको सुनको मूल्य २५ लाख ५९ हजार ६ सय २५ रुपैयाँ बराबर रहेको विमानस्थल प्रशासनले जनाएको छ ।
Advertisement 2
प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए । बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।