क्यानका कर्मचारीलाई वोनस खाने बाटो खुल्यो,७ बर्षको ४० करोड बाँड्ने तयारी

१२ सय कर्मचारी लाभन्वित

Advertisement 1

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुलाई बोनस वितरण गर्न बाटो खुलेको छ । विगत दश बर्षदेखि बोनस वितरणमा रोक लगाइएकोमा सर्वाेच्च अदालतले सो बाटो खुला गरिदिएको हो ।
सर्वाेच्चले प्राधिकरणको नाफाबाट बोनस वितरणका लागि छुटाइएको रकम कर्मचारीलाई वितरण गरिदिन ढोका खोलिदिएको छ ।
नाफाबाट वोनस वितवरणमा रोक लगाइएपछि त्यहाँ कार्यरत कर्मचारी अदालतको ढोका ढकढकाउन पुगेका थिए । कर्मचारीद्धारा दायर रिट उपर सुनुवाई गर्दै सर्वाेच्चका न्यायाधीसद्धय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँललको संयुक्त इजालसले यस्तो बाटो खोलिदिएको हो ।

सर्वाेच्चको गत माघ १४ को इजलाशले यस्तो निर्णय गरेको हो ।इजलाशले प्राधिकरणको कर्मचारीलाई बोनस ऐनअनुसार अहिलेसम्म रोकिएको सबै बोनस वापत छुटाइएको रकम वितरण गर्नु र गराउनु भन्दै परमादेश जारी गरेसँगै त्यहाँका कर्मचारीहरुलाई विगत एक दशकदेखि रोकिएको नाफा रकमबाट बोनस लिने बाटो खुलेको छ ।
प्राधिकरणका कर्मचारीहरुले आर्थिक वर्ष २०६८/०६९ देखि वोनस पाएका छैनन् । सर्वाेच्चको यो परमादेशसँगै प्राधिकरणले नाफाबाट बोनस लिने बाटो खुलेको हो ।
वोनस वितरण रोकिएसँगै त्यहाँका कर्मचारीहरुले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थमन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति र महालेखा परीक्षकको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिट उपर सर्वाेच्चले परमादेश दिएसँगै कर्मचारीहरुलाई सात बर्षको वोनस लिने बाटो खुलेको हो । क्यानका उपमहानिर्देक राजकुमार क्षत्रीका अनुसार हाल क्यानमा १०६५ स्थायी कर्मचारी छन् । सर्वाेच्चको यो निर्णयबाट क्यानका ती कर्मचारीका अलवा रिटायर्ड भएका कर्मचारी समेत प्रत्यक्ष लाभन्वित हुनेछन् । सर्वाेच्चको यो आदेशसँगै प्राधिकरणमा कार्यरत झण्डै १२ सय कर्मचारी लाभान्वित हुने क्यानले जनाएको छ । वोनस वापतमात्र विगत सात बर्षदेखि रोकिएको झण्डै ४० करोड रकम वितवरण हुनेछ ।

प्रकाशित :२०७७ फाल्गुन २१, शुक्रबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry