छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

Jabalpur: Devotees offering prayers to the sun God on the occasion of Chhath Puja at the bank of Narmda River in Jabalpur on Thursday. PTI Photo (PTI10_26_2017_000157A)

बाँक। पश्चिम तराईको सहर नेपालगञ्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। मिथिलावासीले मनाउँदै आएको छठपर्वप्रतिको मोह नेपालगञ्जवासीमा विस्तार हुँदै गएको मिथिला समाज बाँकेका अध्यक्ष घनश्याम पाठकले बताए।

Advertisement 1

“नेपालगञ्जमा ५/६ जनाबाट केही वर्षअघि सुरु भएको छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ”, पाठकले भने, “हाल करिब ७०० परिवारले बागेश्वरी तलाउमा निष्ठापूर्वक छठपूजा गर्दै आएका छन्।” छठको दिनमा पूजा गर्दा भक्तजनले मनमा चिन्तन गरेको मनोकाङ्क्षा पूरा भएकाले नेपालगञ्जमा छठपर्व मनाउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उनको भनाइ छ।

पूर्वी तराईबाट कामको सिलसिलामा नेपालगञ्ज आएर बसेकाहरूले मात्र यो पर्व मनाउने गरे पनि पछिल्लो समय नेपालगञ्जका रैथाने र पहाडी मूलका नेपालीले समेत छठ मनाउन थालेको नेपालगञ्जका कानुन व्यवसायी विश्वजीत तिवारीले बताए। उनले छठ सबै नेपालीको साझा भइसकेको उल्लेख गरे।

Advertisement 2

“पूर्वी तराईमा सीमित छठ नेपालगञ्ज क्षेत्रका बासिन्दाले समेत धुमधामका साथ मनाउन थालेपछि सामाजिक एवं धार्मिक सद्भावमा सहयोग पुगेको छ”, तिवारीले भने, “एकले अर्काको धर्म र संस्कृतिको सम्मान गरेकै कारण नेपालगञ्जमा अन्तरधार्मिक सद्भाव मजबुद छ।”

पूर्वबाट आएकाहरूलाई साथ दिन र भगवानप्रतिको आस्था बढ्दै गएकाले छठ मनाउनेको सङ्ख्या बढेको तिवारीको भनाइ छ। नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा छठपूजा गर्नेको भीड लाग्ने गरेको छ।

प्रकाशित :२०८२ कार्तिक १०, सोमबार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry