गौतमको संयोजकत्वमा स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन,यस्तो छ कार्यसमिति
स्थानीय तहमा कार्यरत कर्मचारीहरु संगठीत भएका छन् । सदनमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै काठमाडौंमा उपस्थित भएका स्थानीय तह कर्मचारी संघर्ष केन्द्रीय तदर्थ भेलाले नयाँ कार्यसमिति चयन गर्दै उनीहरु संगठीत भएका हुन । १६७ सदस्यीय केन्द्रीय स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गरेको छ । स्थानीय तहका कर्मचारीहरुको हक हितका लागि निस्वार्थ ढंगले कटिवद्ध भएर लागेका दिपक गौतम सर्वसहमतबाट संयोजकत्वमा चयन भएका छन् ।
Advertisement 1
भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गर्दै संयोजकसहित सातै प्रदेशको लागि १५ सदस्यीय संयोजक समेत चयन गरेको छ । महिला तर्फ सह संयोजक कुमारी उषा बम र सह संयोजक (पुरुष) ईश्वर बहादुर सिंहलाई तोकिएको छ ।
Advertisement 2
यस्तै महासचिवको जिम्मेवारी विजय कुमार देवकोटालाई दिइएको छ ।
एक सह संयोजक,कोषाध्यक्ष र सचिव पछि तोकिने छ । केन्द्रीय सचिव तर्फ : प्रदेशका कमाण्डरहरुमा कोशीबाट नेत्र प्रसाद पोखरेल,मधेश प्रदेशबाट लेखराज सिंह,बाग्मतीबाट चन्द्र प्रसाद रोकाया,गण्डकी प्रदेश संयोजकमा अमित कुमार यादवलाई जिम्मेवारी तोकिएको छ ।
Advertisement 3
यस्तै तेजराज अर्याल लुम्बिनी,कर्णाली प्रदेश संयोजक इन्द्र प्रसाद अधिकारी र महेस दत्त भट्टलाई सुदुरपश्चिम संयोजक तोकिएको छ ।
स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेरहद र सेवा अबधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता लगायतका मुद्दालाई भेलाले आफ्नो आन्दोलनको बटम लाइन बनाएर यी मागहरु संघीय निजामती सेवा ऐनमा समेटिनुपर्ने माग सहित संघर्षरत स्थानीय तहका कर्मचारीहरुले आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर शान्तिपूर्ण आन्दोलन गर्ने कार्यतालिका तय भएको संयोजक दीपक गौतमले जानकारी दिएका छन् ।