लोक सेवाद्धारा ३ सय ४ जना शाखामा अधिकृत छनोट
लोक सेवा आयोगले ठूलो संख्यामा प्रशासन, लेखापरीक्षण र संघीय संसद समूहको अधिकृत वा सो सरह लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालय कमलपोखरीले लिखित परीक्षा नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या २ सय १३ जनामा लिखित परीक्षामा ३ सय ४ जना छनोट भएका छन् । परीक्षामा संमिलित संख्या२ हजार ४ सय ६१ जना रहेका छन्।
Advertisement 1
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।
आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपुऱ्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले देहायको स्थान, मिति र समयमा हुने सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । उक्त दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ ।