ईन्जिनियर पुजा कार्की ९५ हजार घुससहित पक्राउ, सरहरुलाई ३ % चाहिन्छ भन्दै ठाडैं माग्थिन कमिसन

धादिङ, गंगा–जमुना गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमितताका कारण सर्वदलीय सहमतिमै लेखा शाखामा तालाबन्दीसहित लाहाछाप लगाइएको छ । अनुदानमा आएको ट्र्याक्टर रविन्द्र थापा र पारश अधिकारीसहितका कर्मचारीसहितको मिलेमतोमा अन्य गाउँपालिकालाई बिक्री गरिएको पाइएको छ ।
अनुदानमा आएको बिउबिजन पनि केही कृषकलाई मात्र वितरण गरिएको छ । गाउँपालिकाले करारमा ज्यामी भर्ना र कृषि अनुदानको बिरुवा वितरण गर्दा जात र संख्याको महल खाली राखी भरपाई नराखिएको अवस्था छ । च्यापकटर एउटा व्यापारीसँग खरिद गरी अर्कैको बिल पेश गरेर ३ हर्स पावरको मेसिनलाई ५ को बिल पेश गरिएको छ ।
गाउँपालिका अध्यक्षका छोरालाई स्वास्थ्य संयोजक र खरिद–बिक्रीको संयोजक र गापाको खरिद बिक्रीको संयोजकको समेत जिम्मा दिई नीतिगत भ्रष्टाचार गरिएको । जस्तै :- विद्यालयका किशोरीहरूका लागि स्यानिटरी प्याड खरिदको लागि छुट्याइएको बजेट विद्यालयको खातामा पठाउनुपर्नेमा उक्त रकम स्वास्थ्य संयोजकले नै चलाएको पाइयो । गापाको उपाध्यक्ष र शिक्षा शाखाका प्रमुख महिला नै हँुदा पनि कुनै सरसल्लाह नगरी अनियमितता गरिएको छ ।
उता सोही गाउँपालिकाको इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी छिन् । ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात् बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्न भन्दै उनले घुस मागेकी थिइन् ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले गंगाजमुना गाउँपालिका– ५ धादिङस्थित उनको डेराबाट ९५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई डेराबाटै पक्राउ गरेको जानकारी दिएको छ ।

वागमती प्रदेश सरकारको २३ लाख रुपैयाँ लगानीमा निर्माण भएको गंगाजमुनाको किचेत सडक निर्माण सम्पन्न भएपनि निर्माण कम्पनी वान्जु कन्स्ट्रक्सनका प्रतिनिधिसँग भुक्तानी गर्नुअघि ३ प्रतिशत घुस मागेकी थिइन् । उनले आफूसँगै लेखापाल अर्जुन प्रसाद सापकोटालाई पनि कमिशन बाँडफाँड गर्ने जनाएकी थिइन् । पक्राउ परेकी पुजाले ‘अडियोमा सरहरुलाई पनि दिनुपर्छ’ भन्दै ठाडै ३ प्रतिशत कमिशन मागेकी छिन् ।

प्रकाशित :२०७७ फाल्गुन ५, बुधबार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry