३२८ कर्मचारीले मिलाए घर नजिकै काज, सबैभन्दा बढी सामान्य प्रशासनका

दशैं तिहारजस्ता चाडपर्वमा गाउँ घर फर्कदा कर्मचारीहरुले काज लिएर जाने गरेको भेटिएको छ । दशैंमा घर जानु छ, आफ्नो खर्चमा किन जाने भन्ने मानसिकताले डेरा जमाएका कर्मचारीहरुले काज लिएर एकातिर गाडी र अर्काेतिर भ्रमण भत्ताको पाइने भएसँगै काज लिएर हिडेको भेटिएको छ ।
Advertisement 1
राष्ट्रिय सतर्कता केन्द्रले बुधबार गरेको अनुगमनमा काठमाडौंका विभिन्न सरकारी निकाय र कार्यालयका ३२८ कर्मचारीले काज विदा स्वीकृत गराएर हिँडेको हुन ।
सतर्कता स्रोतका अनुसार,सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारीहरु काज लिएर हिडेका छन् । यस्तै स्वास्थ्य र पर्यटनमा सबैभन्दा बढी विकृती देखिएको छ । सतर्कता केन्द्रले सरकारका ३१ वटा मन्त्रालय आयोग विभागदेखि प्राधिकरण र सार्वजनिक संस्थानमा अनुगमन गर्दा दशैंको विदा सुरु हुनुभन्दा एक हप्ताअघि र विदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गराएर हिडेका हुन ।यसरी खटिनेमध्ये अधिकांशले दशैं बिदा हुनुभन्दा एक हप्ता अगाडि बिदा समाप्त भएको मितिले एक हप्ता पछाडिसम्म काज स्वीकृत गराएर हिडेको भेटिएको छ । जसमा अधिकांश अधिकृत तहका कर्मचारीहरु रहेका छन् ।
न त दशैंको समयमा कार्यालयहरु नै खुल्छन् । दशैंका बेला बन्द भएका कार्यालय र काम नभएका आयोजनाहरुको अनुगमन गर्ने नाममा काज स्वीकृत गराएर अधिकांश कर्मचारीहरु हिडेको भेटियो ।
सिंहदरबारका अधिकांश कर्मचारीहरु काज स्वीकृत गराएर हिडेसँगै सेवा प्रभावित बन्न पुगेको छ । कार्यालयहरुका कार्यकक्षहरु नै सुनसान देखिएको बताउँछन् । दशैंमा धेरै कर्मचारीले काजका लागि भ्रमण आदेश स्वीकृत गराउने विकृति छ । यसो गर्दा उनीहरुले काज अवधिभर कार्यालयको सवारीसाधन प्रयोग गर्न पाउँछन् ।
Advertisement 2
दसैं बिदा सुरु नहुँदै ३२८ सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला हिडेका हुन ।
काजको क्रममा कर्मचारीको श्रेणीअनुसार भ्रमण भत्ता समेत बुझ्न पाउँछन् । गाडी र विमानबाट यात्रा गर्दा सोको खर्च पनि सरकारी कोषबाटै व्यहोरिने भएकाले पहुँचवाला कर्मचारीहरुले सकेसम्म दशैंमा काज स्वीकृत गराएर हिँड्ने गरेका हुन ।
Advertisement 3