श्राद्धको महत्व

श्राद्ध भन्ने शब्द श्रद्धा संग जोडिएको छ। आफ्ना दिवंगत पितृहरू उपर गरिने श्रद्धालाई श्राद्ध भनिन्छ। हाम्रो जीवन सार्थक बनाउन हाम्रा आमा बाबुले आफ्नो कतिपय रहर र चाहनालाई थांती राखेर त्यसबाट हामी जस्ता सन्तानहरू उपर लगानी गरेका हुन्छन् तर यहां लगानी भन्ने शब्द परे पनि यो विना स्वार्थको लगानी वा कर्तब्य अन्तर्गतको लगानी भनेर बुझ्नु पर्छ। यसरी हाम्रा अग्रजले हामी उपर गरेको लगानीको प्रतिफलले हाम्रो जीवन पद्दति चलेको हुन्छ।

Advertisement 1

हाम्रा अग्रजले यो प्रतिस्पर्धी विश्व संग हामीलाई सामाजिक, शैक्षिक एवं विज्ञान र प्रविधि संग जुध्न सक्ने बनाउन हर सम्भव प्रयत्न गरेको हुदा हामी समय संगै अगाडि बढ्न सकेका हौ। यसरी हामीलाई सबै पक्षबाट सफल बनाउने प्रयास गर्दा गर्दै हाम्रा अग्रजहरूको कृयाशील र ऊर्जाशील जीवन ब्यतीत भै सकेको हुन्छ। यस्तो अबस्थामा उहांहरूलाई सम्मान र सहयोग गर्नु सन्तानका नाताले हाम्रो कर्तब्य हुन आउछ। त्यसै गरी हामी पूर्वीय दर्शनका अनुयायीहरू मृत्युलाई भौतिकता मात्रको अन्त्य हो र आत्मीयताको जीवन्तता रही रहने कुरा स्वीकार गर्ने हुदा हाम्रा अग्रजको मृत्यु पछिका संस्कारका माध्यमबाट हाम्रा पितृको सेवा गर्छौ, जसलाई हामी श्राद्ध भन्दछौ।

श्राद्धका किसिम धेरै हुन्छन् तर मुख्यतया दुई किसिमका श्राद्ध चलनमा रहेका छन्।

Advertisement 2

पहिलो हो एकोतिष्ठ श्राद्ध :- यसको अर्थ हो जुन तिथिमा जसको मृत्यु हुन्छ उसैको नाममा सो तिथिमा गरिने श्राद्ध।

दोश्रो हो पावर्ण श्राद्ध वा सोह्र श्राद्ध :- यसमा आश्विन कृष्ण पक्षको पूर्णिमा देखि औंसी सम्मका १६ दिनका तिथीहरूमा बाबु तर्फ र मावली तर्फका ३र३ पुस्ता सम्मका पितृलाई गरिने श्राद्धलाई बुझाउछ। यतिखेर गरिने श्राद्ध पावर्ण श्राद्ध हो।

Advertisement 3

यी दुवै श्राद्ध मध्ये पावर्ण श्राद्धमा मृतक बाबु, आमा, बाजै बज्यै, बुढा बाजे बुढी बज्यै र मावली तर्फ पनि तीनै पुस्ताको नाममा पिण्ड दिने र अन्य मृतकलाई तर्पण दिने गरिन्छ र एकोतिष्ठ श्राद्धमा जसको तिथि हो उसको नाममा पिण्ड दिने र अन्यलाई पावर्ण श्राद्धमा जस्तै तर्पण दिने गरिन्छ।

देऊताले दिए पनि पितृले हर्न सक्छन् भन्ने शास्त्रीय मान्यता रही आएकोले हामीले पितृलाई कति मान्यता दिनु पर्ने रहेछ भन्ने बुझ्न सकिन्छ। यसैले हाम्रो परम्परा बमोजिम गरिने पितृ श्राद्धको अति नै महत्व रही आएको छ।
जसरी हाम्रा परम्परा र संस्कारहरूको क्षयीकरण हुदै आएको छ त्यसरी नै यो पितृ कार्यमा पनि त्यसको असर पर्दै आएको छ। हामीले हाम्रा संस्कार र पर्वलाई दीगो राख्न नसकेका कारण यस्ता पर्वहरू हराउदै जान थालेको प्रतीत हुदैछ।

हाम्रा परम्परा र संस्कृतिहरू हामी नेपाली मात्रका सम्पदा हुन, यस अर्थमा यी हाम्रा परिचय पनि हुन्। भूगोलको परिचयले मात्र मुलुकको सिंगो परिचय दिदैन र हाम्रो सांस्कृतिक परिचय विनाको चिनारी अधुरो हुने हुदा यसलाई जीवन्त राख्न राज्य र समाज कृयाशील हुनै पर्छ।

अन्त्यमा, हाम्रा अग्रजको श्रद्धाको रूपमा मानिने यस्ता पितृकार्यहरू अमर रहुन भन्ने कामना गर्दै पावर्ण श्राद्धको पवित्र पर्वको आरम्भ संगै दिवंगत पितृहरू उपर श्रद्धान्जली ब्यक्त गर्न चाहन्छु।

प्रकाशित :२०८० आश्विन १२, शुक्रबार ०७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry