किन विवादमा पर्यो कार्यालय समयमा दैनिक योग–अभ्यास गर्ने गृहको परिपत्र ?

गृह मन्त्रालयको पछिल्लो परिपत्र विवादमा परेको छ । मन्त्रालयले बुधबार मातहतका महाशाखाका कर्मचारीहरुलाई दैनिक १५ मिनेट योगाभ्यास गर्न परिपत्र गरेको छ । मन्त्रालयले उपसचिव भीमकान्त शर्माले सबै महाशाखाहरुलाई परिपत्र गर्दे कार्यालय शुरु भएपछि अनिवार्य १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेका हुन । उक्त परिपत्रमा सबै महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।
Advertisement 1
यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो । निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।
सोही परिपत्रको चर्काे विवादमा परेको छ ।
सेवा प्रवाह गर्ने समयमा योग अभ्यास गर्नु गलत भएको अधिकांश कर्मचारीहरुको टिप्पणी छ । अर्काेतिर अधिकृतस्तरका कर्मचारीका लागि मात्रै योगाभ्यास गर्ने भनिएपछि त्यसले विवाद निम्ताएको छ ।
बिहान घरबाट ९ बजे खाना खाएर हतार हतार कार्यालय पुग्ने र १० बजे नै योग गर्नु अव्यवाहिरक हुने योगा शिक्षकहरु बताउँछन् । उनीहरुका अनुसार योगा गर्ने उचित समय बिहान हो,त्यो पनि खाली पेटमा । खाना खाने वित्तिकै कम्तिमा तीन घण्टा योगा ध्यानको अभ्यास गर्नु हुँदैन भन्नेहरु पनि छन् । अर्काेतिर योगाभ्यासको लागि त्यहि अनुसारको पहिरन चाहिन्छ । अफिसको औपचारिक लुगामा त योगाभ्यास गर्न पक्कै मिल्दैन ।
त्यसो भने कर्मचारीहरुले घरबाटै लुगा बोकेर जाने हो वा कार्यालयले योगा गर्नका लागि छुट्टै लूगा दिन्छ ? अनि कुर्सीमा बसेर योगा गर्न मिल्ने हो ? अहिले यस्ता सयौं प्रश्नहरु उब्जिएका छन्,समाजिक सञ्जाल तातेको छ । यस्तै प्रश्नहरुले ।
१० बजेदेखि सेवा सुरु गर्नुपर्नेमा योगका कारण १५ मिनेट प्रभावित हुने भएपछि गृह मन्त्रालयको यो परिपत्र विवादमा परेको छ ।
Advertisement 2
गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारी पछि गृहमन्त्रालयका कर्मचारीहरुलाई पनि कार्यालय समय शुरु भएपछि १५ मिनेट अनिवार्य योग ध्यान अभ्यास प्रारम्भ गरेको छ । गत असोज ६ गतेदेखि सशस्त्र प्रहरी कर्मचारीमा गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ गरिएको उक्त कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो ।
अब यो अभ्यास गृहका कर्मचारीमा पनि शुरु हुने भएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अफिस आएपछि पनि १५ मिनेट योग ध्यान गरेर काम सुरु गर्ने, त्यसले सेवाग्राहीसँग नम्र व्यवहार, तनाव व्यवस्थापन र कार्यसम्पादनमा सकारात्मक नतिजा आउने भएका कारण योग ध्यान अनिवार्य गरिएको बताउँदै आएका छन् । योग ध्यान गर्दा ३ देखि ८ गुणा क्षमता बढ्छ भन्ने अध्ययनको नतिजाका आधारमा गृहले योगभ्यास शुरु गराएको गृह मन्त्रालयको भनाई छ ।
यो व्यग्य गर्दै एक जना अधिकृतले टिप्पणी गरेका छन्,ट्वाइलटेमा गएर गायत्री मन्त्र जप भनेजस्तो भयो परिपत्र