सचिवहरुलाई प्रधानमन्त्री दाहालको विशेष निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सचिवहरूलाई छलफलका लागि डाकेर विशेष निर्देशन दिनुभएको छ ।

Advertisement 1

तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा फर्किएपछि प्रचण्डले पहिलो पटक सबै मन्त्रालयका सचिवहरूलाई छलफलका लागि डाकेर विशेष निर्देशन दिनुभएको हो ।

सिंहदरबारस्थित कार्यालयमा बिहान ११ बजे सबै सचिव र विभागीय प्रमुखहरुको बैठक राखेर सरकारी कामकाज चुस्त र दुरुस्त राख्न निर्देशन दिनु भएको हो ।

Advertisement 2

उहाँको अध्यक्षतामा भएको बैठकमा मुख्यसचिव शंकरदास वैरागी,गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा,श्रम सचिव एकनारायण अर्याल,भूमि सचिव डा दामोदर रेग्मीका अलवा  परराष्ट्रसचिव भरतराज पौड्याल,मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत अन्य मन्त्रालयका सचिव र विभागीय प्रमुखहरु सहभागिता रहेको थियो ।

आजको बैठकमा मन्त्रालयको प्रगति र समिक्षा भएको बैठकमा सहभागी एक सचिवले इकर्मचारी डटकमलाई जानकारी दिए । उनका अनुसार, मन्त्रालयगत हालसम्मको प्रगति,समिक्षाको काम सकिएको छ । संवैद्यानिक निकाय,आयोगको प्रगति र समिक्षा बैठक बाँकी नै छ ।

Advertisement 3

भोलि बिहान ११ बजे बैठक बस्ने गरी अहिले प्रधानमन्त्री र सचिवहरु उठेका छन् ।

प्रकाशित :२०७९ पुष १८, सोमबार १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry