मुख्यसचिवसँग सचिवहरुले पोखे असन्तुष्टि
मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सबै मन्त्रालयका सचिवहरुले पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । हिजो बिहान सिंहदरबारस्थित कार्यालयमा सचिवहरुलाई डाकेर मत्रालयगत कार्यसम्पादनको अवस्थाबारे अर्यालले सबै जानकारी माग गरेका हुन् ।
Advertisement 1
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने प्रकरणको अनुसन्धानका प्रहरीले राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि कर्मचारीवृत्तमा खैलाबैला मच्चिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालयका सचिव कृष्णहरि पुष्करको हाजिरिमा रातो चिन्ह लगाएको विषयमा समेत बैठकमा उठेको थियो ।
Advertisement 2
मन्त्रीहरुले आफू अनुकूल काम लगाउने गरेको र त्यसलाई नमान्दा रुष्ट हुने गरेका गुनासो सचिवहरुको थियो । त्यस्तै सचिव सरुवमा ‘राईट म्यान राईट प्लेस’को अवधारणालाई ख्याल गर्नुपर्ने जोड सचिवहरुको रहेको बताइएको छ । सोमबार बिहान तीन घण्टा चलेको बैठकमा स्थायी सरकार कर्मचारी भएकाले कर्मचारीको मनोबल नै खस्कने गरि भइरहेको कामकारबाहीलाई तत्काल निरुत्साहित गर्नुपर्ने जोड सचिवहरुको थियो ।