३५ उपसचिव र ३९ जना अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ उपसचिव र ३९ अधिकृत गरी ७४ जनाको सरुवा गरेको छ ।
सरुवाको सूची अनुसार,अवैद्य ५ सय थान ल्यापटप खरिद प्रकरणमा मुछिएका उपसचिव अनिल थापा उद्योग मन्त्रालयमा पुगेका छन् । लामो समय स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा बसेका थापा ५ सय थान ल्यापटप खरिद प्रकरणमा जोडिएर बदनामी कमाइरहेका कर्मचारी हुन । यस अघि नै उनको सरुवा उद्योग मन्त्रालयमा सरुवा भएको थियो । तर, सरुवा भएको महिनौं दिनसम्म उधोग मन्त्रालय जानु त परेको कुरा रमाना नलिई पुनः स्वास्थ्यमै सरुवा गराउन सफल भएका छन् । यस अघि गत १३ चैतमा थापालाई सामान्य प्रशासन मन्त्रालयले उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो । सरुवाको सूची अनुसार गृहका उपसचिवद्धय वेदननिधि अधिकारी सत्यनिरुपण तथा मेलमिलाप आयोगतिर पठाइँदा बेंसिशहर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले गृह प्रवेश पाएका छन् । यस्तै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका लालबहादुर गुरुङलाई गृह भित्रने अवसर पाएका छन् । गृह मन्त्रालयका रमेश पाण्डेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतिर सरुवा भएका छन् । लामो समयदेखि सामान्य प्रशासनमा रहेका रैथाने उपसचिव पर्वप्रसाद सापकोटाले पनि गृहमा इन्ट्री पाएका छन् ।
Advertisement 1
सूची अनुसार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मदन घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुग्दा वैदेशिक रोजगार बोर्डको सचिवालयकी रमा भट्टराई निरौलालाई युवा तथा खेलकुद मन्त्रालय, , खानेपानी मन्त्रालयकी इन्द्र कुमारी थपलियालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालयका जीवन राज सेढाईलाई राष्ट्रिय महिला आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सोमराज बराललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रालयका लेखनाथ ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र संघीयकै प्रह्लादकुमार कार्कीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
ईश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठलाई सिराहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति धनुषाका कमलबहादुर कार्कीलाई ईश्वरपुर नगरपालिका सर्लाही, सुखीपुर नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहलाई रामगोपालपुर नगरपालिका, महोत्तरी, भूमिका स्थानका बाबुराम पौडेललाई शिवराज नगरपालिका, रामगोपालपुर नगरपालिकाका राम विनय कुमार सिंहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला समन्वय समिति डोटीका भुवनेश्वर लामिछानेलाई जिसस रामेछाप, जिसस रोल्पाका समन्वय अधिकारी ऋषिराम केसीलाई घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, मुख्यमन्त्री कार्यालय कोशीका उपसचिव केशव प्रसाद अर्याललाई जिसस मोरङ, विदुर नगरपालिकाका प्रशासकीय अधिकृत विनोदकुमार खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि प्रसाद सिटौलालाई विदुर नगरपालिका, निर्वाचन आयोगका लुम्बनाथ पोखरेललाई जिसस सिन्धुली, जिसस सिन्धुलीकी उर्मिला काफ्लेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
Advertisement 2
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सरिता कुमारी खतिवडालाई बाह्रबिसे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सुनवल नगरपालिकाका भक्तिराम मरासिनीलाई बाँणगंगा नगरपालिका, शिवराज नगरपालिकाका चेतनाथ गिरीलाई सुनवल नगरपालिका, बाँणगंगाका यमकान्त पाण्डेयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मुकुन्द शर्मालाई देवचुली नगरपालिका र विष्णुप्रसाद भुसाललाई बुटवल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई मेचीनगर नगरपालिका, मेची नगरका महेश पराजुलीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद राज फुयललाई जितपुर सिमरा उपमहानगरपालिका बारामा सरुवा गरिएको छ ।
Advertisement 3
प्राविधिक तथा प्रशासन तर्फका अधिकृतहरूको सरुवाअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रकी इन्जिनीयर मनीषा भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रकाश पौडेललाई गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मित्रलाल भट्टराईको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, सर्वोच्च अदालत वा अन्तर्गतका बोधनाथ पौडेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालयका गणेश प्रसाद कोइरालालाई जिल्ला समन्वय समितिको कार्यालय दैलेख, संघीयमा दरबन्दी रही काजमा सत्यनिरूपण तथा मेलमिलापमा कार्यरत तुलबहादुर काउचा र दिनेश केएमलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा रहेका राजन पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालयका विष्णु साहनीलाई राष्ट्रिय सतर्कता केन्द्र, गृहका वरदान सेजुवाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजेन्द्र कुमार कार्कीलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका शाखा अधिकृत माधवप्रसाद पोखरेललाई गृह मन्त्रालय र विमला क्षेत्रीलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी विना नेमकुल श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भक्तबहादुर खड्कालाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालयका इन्जिनीयर सरोज आचार्यलाई जिल्ला समन्वय समितिको कार्यालय कास्की, सामान्य प्रशासनको अतिरिक्त समूहमा दरबन्दी रही मुख्यमन्त्री कार्यालय बागमतीमा काजमा रहेका हरिप्रसाद अधिकारीलाई जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी पशु चिकित्सक रुविना शाहलाई वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालयका सुवास राईलाई जिल्ला समन्वय समिति मोरङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका गणेशप्रसाद आचार्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र निर्वाचन आयोगकी रंजीता झालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
अर्नमा गाउँपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहलाई राष्ट्रिय योजना आयोग, जिल्ला समन्वय समिति सिरहाकी द्रोपतीकुमारी यादवलाई अर्नना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोलाई पकाहा नैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, गृह मन्त्रालयका हुमलाल भुसाललाई सुस्ता गाउँपालिका नवलपरासी र सुस्ताका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवलाई हरिपूर्वा नगरपालिका सर्लाही, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नागेन्द्र यादवलाई लक्ष्मीनिया गाउँपालिका धनुषा, लक्ष्मीनियाका राम उदगार अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश र लुम्बिनीको मुख्यमन्त्री कार्यालयका कृष्णप्रसाद ज्ञवालीलाई इश्मा गाउँपालिका गुल्मीमा सरुवा गरिएको छ ।
माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई जिल्ला समन्वय समिति पाँचथर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कुमार बस्नेतलाई माईजोगमाई गाउँपालिका इलाम, निर्वाचन आयोगका रेवत बहादुर बुढाथोकीलाई सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, तातोपानी गाउँपालिकाका टेक बहादुर बुढथापालाई बेथानचोक गाउँपालिका, बेथानचोकका खेमराज छिनाललाई तादी गाउँपालिका नुवाकोट, फिक्कल गाउँपालिका सिन्धुलीका राजेन्द्र कार्कीलाई मकवानपुर गढी गाउँपालिका, साकेला गाउँपालिका खोटाङका महेश राईलाई खोटेहाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकर कुमार साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरलाई गौशाला नगरपालिका महोत्तरीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको जनाइएको छ ।