निजामती क्षेत्रको आइडल :-सीमा प्रशासक सुजन वर्देवा
यस बर्षको इन्टेग्रिटी आइडल नेपाल–२०२२’ घोषणा गरिएको छ । जसमा सार्वजनिक प्रशासन क्षेत्रमा उत्कृष्ट काम गर्ने पाँच जना कर्मचारीलाई आइडल घोषणा गरिएको छ ।
तिनैमध्येका एक हुन चीन नेपालको सीमा प्रशासन हाँकिरहेकी सुजन कुमारी वर्देवा ।
तेह्रथुमको साबिकको छातेढुंगा गाविस जन्मेर त्यहीँबाट एसएलसी दिएपछि उच्च अध्ययनका लागि कठमाडौं आएकी सुजनले तीन विषयमा स्नातकोत्तर गरेकी छिन् । पद्मकन्या कलेजबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेकी सुजनको पढ्ने इच्छा त्यहीँ रोकिएन । उनले राजनीति शास्त्र र जनप्रशासन विषयमा समेत स्नातकोत्तर गरेकी छिन्। उनको त्यही अध्ययनशीलताले लोकसेवामा नाम निकालेर गृह प्रशासनमा सामेल भएकी हुन्। उनले अध्यागमन विभाग, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सीमा प्रशासन कार्यालय प्रमुखको जिम्मेवारीको यात्रा गरिरहेकी छन्।
Advertisement 1
नेपाल सरकारकी अधिकृत सुजन नाम्चे सरुवा हुनु अघि अध्यागमन,अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा कार्यरत थिइन् । पाँच वर्षीय र ११ महिनाका दुई छोरा लिएर नाम्चे बसिरहेकी सुजनले आफ्नो ठूलो छोरालाई त्यहीँको विद्यालयमा भर्ना गरेकी छिन्। उनलाई उनका पतिले सघाइरहेका छन्। स परिवार नाम्चे बसेर काम गर्नु धेरैको कल्पनाभन्दा बाहिरको कुरा हुने गरेको छ।
उनले दंशैको समयमा नाम्चे बजारमा बजार अनुगमन गरेर मूल्य सुची एवं मिति सकिएका समानहरू जफत गरेर एउटा हक्की स्वभावको परिचय दिएकी छिन्।
Advertisement 2
त्यहाँ कार्यरत रहँदा अनलाइन नागरिकता दिने काम सुरु गरेकी छिन। यसअघि हस्तलिखित नागरिकता वितरण हुने गरेको थियो। अघिल्लो बर्ष दशै ताका अर्थात असोज १२ गतेबाट सीमा प्रशासन कार्यालय नाम्चेबाट नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत कम्प्युटराईज नागरिकता वितरण गर्ने काम उनकै अग्रसरतामा शुरु भएको थियो ।
यस्का अलवा उनको जिम्मेवारीमा शान्ति सुव्यवस्था कायम गर्ने ,तिब्बती शरणार्थीको आवागमन तथा गतिविधि व्यवस्थित गर्ने, नागरिकता वितरण, उपभोक्ता हित संरक्षण, बजार व्यवस्थापन अनुगमन, विपद् व्यवस्थापन आदि रहेका छन्।
पर्वतारोही र पदयात्रीहरूको आवतजावत भइरहने क्षेत्र हुनाले उनको जिम्मेवारी अलि बढी नै देखिन्छ। हिमाली क्षेत्र भएको हुनाले हिम पहिरो र त्यसले पुर्याउने क्षतिका बारेमा चनाखो हुनुपर्ने एवं विश्वभरिका पर्वतारोही र पदयात्रीहरू आउने क्षेत्र भएका हुनाले पनि शान्ति सु व्यवस्था कायम गर्नु चुनौती रहेको उक्त क्षेत्रमा उनले कुशलतापूर्वक काम गरिरहेकी छन्।
Advertisement 3