मन्त्री र सचिवमाथि अवैतनिक सल्लाहकार हाबी

संघीय मामिला तथा सामान्य प्रशासनको सरुवा फेरि पनि विवादमा पर्न थालेको छ । मन्त्री अनितादेवीले आफ्नो अवैतनिक सल्लाहकारका रुपमा भित्र्याएकी बुद्धि न्यौपानेका कारण कर्मचारी सरुवामा चलखेल बढेको कर्मचारीहरुले जनाएका छन् ।
Advertisement 1
मन्त्री नियुक्त भएको महिनौसम्म सचिवालय गठन गर्न नसकेकी अनिताको सचिवालयमा निजी सचिवका रुपमा राकेश पाण्डेलाई भित्र्याइएको छ । यस्तै,उप स्वकीय सचिवको जिम्मेवारीमा कमल प्रसाद चुडाललाई ल्याइएको छ ।
मन्त्री अनिताले कर्मचारी प्रशासन महाशाखा प्रमुख हेर्ने गरी सुमन दाहाललाई ल्याएकी छिन् । दाहाल यस अघि राष्ट्रिय योजना आयोगमा कार्यरत थिए । जनमत अध्यक्ष सिके राउतका नातेदार डा जयकान्त राउत आयोगकै सदस्य हुन । उनकै सिफारिसमा दाहाललाई सामान्य प्रशासनमा लगिएको हो ।
अनिताले सामान्य प्रशासन सम्हालेको ६ दिन पछि नै मन्त्री साहले आफ्नो अवैतनिक सल्लाहकार रुपमा मन्त्रालयमा भित्र्याइएकी हुन बुद्धि न्यौपानेलाई । उनै बुद्धिसँग मिलेर काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका टाउकाहरु चलखेल र बदमासी गर्न थालेपछि कर्मचारी सरुवामा मन्त्रालय झनै बदनामी कमाउने स्थितिमा पुगेको छ ।
Advertisement 2
अनिताले सल्लाहकारको रुपमा भित्र्याएका न्यौपाने झापा कमल गाउँपालिका नेपाली कांग्रेसका सभापति हुन । ०६४ को अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाका स्वकीय सचिव थिए । पछि विवादमा परेपछि हटाइएका नेतालाई के आधारमा जनमतले सल्लाहकारको रुपमा सामान्य प्रशासन मन्त्रालयमा भित्र्याएको हो बुझ्न सकिएको छैन ।
बुद्धीलाई भदौं ३ गते नै नियुक्ति पत्र थमाइएको भेटिएको छ । उनलाई दिइएको नियुक्ति पत्रमा भनिएको छ,तपाईलाई मेरो सचिवालयमा आवश्यक सल्लाह,सुझाव र सहजीकरण गर्न अवैतनिक सल्लाहकारको रुपमा नियुक्त गरेको छु । मेरो प्रत्यक्ष निर्देशनमा र समन्वय गरी इमान्दारीपूर्वक आफ्नो दायित्व पूरा गर्न कुरामा विश्वाश लिएको छु ।
तर न्यौपानेले महानगर, नगर र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुन चाहनेहरुसँग दररेट तय गर्दै होटल र क्याफेमा बोलाउँदै डिल गर्ने गरेको कर्मचारीहरुको आरोप छ ।
Advertisement 3
राजनीतिमा लागेको तीन बर्षमै मन्त्री पद हात पारेकी मन्त्री अनिताले मन्त्रालयको बागडोर सम्हालेपछि कर्मचारी सरुवामा झनै भद्रगोल र बदमासी भएको सामान्य स्रोतका भनाई छ । पछिल्लो समय नियम कानुन अनुसार मिल्दै नमिल्ने सरुवा समेत भइरहेको छ । जस्तो बढूवा भएको तीन महिना समेत नभएका कर्मचारीलाई सरुवा गरिएको समेत भेटिएको छ,सामान्य प्रशासनबाट । काँग्रेस निकटका सल्लाहकार सामान्य प्रशासनमा भित्रिएसँगै केही काँग्रेसी कर्मचारी ट्रेड युनियनका उच्च पदस्थ कर्मचारीले बोलकबोलमा ती कर्मचारीहरुको सरुवामा लाभ लिँदै आएको चर्चा अहिले सामान्य प्रशासन मन्त्रालयभरी व्याप्त छ । जस्तो पछिल्लो केही उदाहरण मोरङको अध्यक्ष पर्शु मण्डल, बढुवा भएको १ महिनामै नदी नियन्त्रण आयोजना काज सरुवा भएका छन् । सामान्यतया बढुवा भएर नियुक्ति पाएका कर्मचारीलाई २ बर्षसम्म चलाइदैन तर उनको काजमा सरुवा भइसकेको छ ।
यस्तै राकसका सचिव नासु गणेश पौडेल मदन भण्डारी आयोजनामा पुगेका छन् । उनी पनि हालैमात्र बढूवा भएका हुन । यसरी सयौंका संख्यामा कर्मचारी गुपचुप रुपमा चलाइएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । पूरानो मिति राखेर बोलकबोलमा धमाधम सरुवा चलिरहेको सामान्य प्रशासन स्रोतले जनाएको छ ।
सामान्य प्रशासनले आर्थिक लेनदेनकै आधारमा धनुषाको सहिदनगर नगरपालिकामा अख्तियारमा मुद्दा चलिरहेका केशव अधिकारीलाई सरुवा गरिएको छ ।
यस अघि अमनलाल मोदीका समयमा भएका उपसचिवको खटन पटन सबै उल्टाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउने विषयमा मन्त्री अनिता र जनमत पार्टीका जिल्ला इन्चार्ज तेजनारायण कँडेलसँग टेलिफोनमा भनाभन भएको छ ।