२०७८ सालमा १९ दिन सार्वजनिक बिदा

विसं २०७८ सालमा दशैमात्र तीन वटा परेका छन् । नेपाल पञ्चा निर्णायक समितिले स्वीकृत गरेको पात्रो अनुसार आगामी बर्ष तीन दशैँ परेको हो । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । यस्तै यो बर्ष बडादशैं असोजमा परेको छ भने ७८ सालको चैते दशैं चैत्र २५ मा परेको समितिले जनाएको छ ।
यस्तै ०७८ सालमा जम्मा १९ दिन सार्वजनिक बिदा गरेको छ । ०७७ सालको बैशाखदेखि चैत मसान्तसम्ममा जम्मा १९ दिन सार्वजनिक बिदा हुने समितिले जनाएको छ । समितिले स्वीकृत गरेको पात्रो अनुसार बैशाखमा एक दिन सार्वजनिक बिदा रहेको छ भने जेठमा पनि एक दिन सार्वजनिक बिदा रहेको छ । त्यस्तै, असार र साउन, मंसिरमा सार्वजनिक बिदा छैन । भदौमा दुई दिन, ६ दिन, कार्तिकमा ४ दिन र पौष, माघ र फागुनमा एक÷एक दिन र चैत्रमा दुई दिन सार्वजनिक बिदा परेको छ ।
बडादशैँ पर्व असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

प्रकाशित :२०७७ फाल्गुन २५, मंगलवार ०६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry