प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Advertisement 1
उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Advertisement 2
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति थियो ।
प्रकाशित :२०८० आश्विन २, मंगलवार ०८:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%