३० हजार खानेलाई कैद, अढाई अर्ब खानेलाई छुट !
घुस लिनु र दिनु दुवै अपराध हो । एक रूपैयाँ घुस लिनेलाई समेत कानुनले नछाड्ने दाबी श्रीमार्नहरूले गर्दै आएका छन् । राष्ट्रिय गौरवको सिक्टा सिञ्चाइ आयोजनाको ठेक्का पाएका र राप्रपाबाट शहरी विकासमन्त्रीसमेत बनिसकेका विक्रम पाण्डेलाई यही विशेष अदालतले अढाई अर्बको भ्रष्टाचार मुद्दामा सफाइ दिएको भर्खरै हो ।
तर, त्यस्तालाई छोडेर विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाएका छन् ।
Advertisement 1
उनका श्रीमान् ‘रिहाब सेन्टर’ मा छन् भने दुई छोरी पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । ‘पार्क भिलेज रिसोर्ट’ मा गोष्ठी गर्ने, बस्नेलगायत व्यवस्था पाण्डेले मिलाइदिने भएकाले न्यायाधीशले अढाइ अर्बको घोटालामा पाण्डेलाई चोख्याएको स्रोतको दाबी छ । ‘पर्दा किनिदियो, रङ्ग लगाइदियो भने उनी मख्ख पर्ने रहेछन् । झन् होटलमा गएर मज्जाले आराम गर्न पाउने भएपछि अरू के चाहियो ? न्यायाधीश त यस्ता छन्, अरू के भन्नु’, आक्रोशित हुँदै पीडितहरु रोए ।