राजस्व अनुसन्धानले फेरि समात्यो भन्सार छलेर ल्याइएको एक ट्रक सामान

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सार छलेर ल्याएको अर्को एक ट्रक सामान नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धानको टोलीले सिराहाको माडर भन्सार छलेर ल्याएको लत्ताकपडा ट्रकमा राखेर लैजाँदै गर्दा ट्रकसहित नियन्त्रणमा लिएको हो।

Advertisement 1

भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर इटहरी ल्याएर जाँच तथा कारबाही गरिने राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए। सिरहाको दक्षिणी सिमावर्ती बजार माडरबाट पूर्वपश्चिम राजमार्गको चोहर्वाचौकतर्फ जाँदै गरेको ट्रकलाई चोहर्वा चोक नजिकै नियन्त्रणमा लिइएको हो।

टोलीले यसअघि आइतबार बिहान सिराहा नगरपालिका– १५ मा रहेको चन्द्रनारायण आधारभूत विद्यालयपरिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।

प्रकाशित :२०८० आश्विन १४, आईतवार १९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry