६० किलो सुन तस्करी :-सहसचिव अधिकारीको भेटिएन ‘कनेक्सन’

६० किलो सुन तस्करीमा सहसचिव झलकराम अधिकारीको कुनै कनेक्सन नभेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आजै ५० जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ ।

Advertisement 1

प्रहरी केन्द्रीय अनुसन्धान व्युरोका अनुसार यो प्रकरणमा अहिलेसम्म अहिलेसम्म ३२ जना पक्राउ परेको जनाएको छ र अझैं १८ जना सिआइबीको फरारको सूचीमा छन् ।

यो प्रकरणमा भन्सारका मात्र ८ जना कर्मचारी पक्राउ परेका छन् । भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement 2

सुन तस्करी गर्न खडा गरिएका रेडिट्रेडका अलवा अन्य पाँच कम्पनी खडा गरेर ३०२ किलो सुन ल्याइएको भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआइबीले जनाएको छ । प्रहरीले रेडी ट्रेडसहितका ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड दुई लाख सोह हजार पाँच सय बउन्न रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारीहरुका अनुसार यो प्रकरणमा तत्कालीन अध्यागमन विभागको डिजीको कुनै संग्लनता पृष्टि भइसकेको छैन ।

Advertisement 3

सिआइबीका एक अधिकारीका अनुसार,सरकारी वकिललाई बुझाइएको प्रतिवेदनमा यस अघि दावासँग उनको सार्वजनिक भएको वी च्याट संवाद लगायतका बिषयलाई प्रतिवेदनमा समेटेर पठाएको छ ।

अधिकारीले चिनिँया नागरिक दावासँग वी च्याटमा गरेको संवाद सार्वजनिक भएसँगै गृह मन्त्रालयले तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई गत भदौ ७ गते मन्त्रालयमा तानिएको थियो ।

अधिकारी अहिले सामान्य प्रशासनमा जगेडामा छन् ।

प्रकाशित :२०८० भाद्र २७, बुधबार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry