८० हजार कर्मचारीको भीडबाट यस बर्ष पनि भेट्टिएन एउटै सर्वाेत्कृष्ट कर्मचारी

सरकारले झण्डै ८० हजार बढी निजामती कर्मचारीको भीडबाटै एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेट्न सकेन । यो बर्षसमेत गरी विगत ५ बर्षदेखि लाखौं कर्मचारीको भीडबाट एक जना पनि सर्वाेत्कृष्ट कर्मचारी भेट्न नसकिएको हो ।

Advertisement 1

हरेक बर्ष भदौं २२ गते निजामती सेवा दिवसको अवसरमा सरकारले सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी तथा निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ। सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार दुई लाख, उत्कृष्ट कर्मचारीको पुरस्कार राशि एक लाख र निजामती कर्मचारीको पुरस्कार ५० हजार रुपैयाँको रहन्छ । उत्कृष्ट र निजामती सेवा पुरस्कारका लागि कर्मचारी सिफारिस भएको भए पनि सर्वोत्कृष्ट पुरस्कारका लागि कसैको नाम सिफारिस नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

यो वर्ष पनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने एक मन्त्रीले जानकारी दिए ।
सरकारले पाँच बर्षदेखि   सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेको छैन। सर्वोत्कृष्ट कर्मचारी नभेटाउँदा सरकारले उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्दै आएको छ।
यति मात्रै होइन, बिगत ५ वर्षदेखि सर्वोत्कृष्ट पुरस्कार पाउनयोग्य व्यक्ति नभेटिएपछि जनताको करबाट तलबभत्ता खाने कर्मचारीको कार्यसम्पादनमा समेत प्रश्न उठेको छ। निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्था भएअनुसार सरकारले एकजनालाई दुई लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एकजना कर्मचारीलाई दिँदै आएको थियो। तर, सर्वोत्कृष्ट पुरस्कार पाएका व्यक्ति नै विवादमा परेपछि सरकारलाई पुरस्कार घोषणा गर्न समस्या भएको हो।
हालसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् । जसमध्ये सर्वोत्कृष्ट पुरस्कार पाएका सहसचिव सूर्य गौतमलाई लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेको थियो। त्यसपछि सर्वोत्कृष्ट पुरस्कार दिइनुको बलियो आधार न सरकारले दिन सक्यो न सिफारिसकर्ताले नै।
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि दिवस मनाउन थालिएको हो । यस वर्ष सरकार निजामती दिवसको नारा व्यावसायिक र सृजनशील प्रशासन विकास,संवृद्धि र सुशासन राखेको छ। भदौ १३ गते मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा बसेको बैठकले निजामती दिवसको नारा तय गरेको थियो।

प्रकाशित :२०७८ भाद्र २१, सोमबार १९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम