४ संवैद्यानिक पदका लागि आवेदन माग,महालेखा परीक्षकमा क कसको दाबी ?

७ जेठमा महालेखा परीक्षक टंकमणि शर्मा घर फर्किएसँगै रिक्त रहेको महालेखा परीक्षक बन्न पूर्व सचिव चार्टड एकाउण्टेन्ट कार्यबहालक लेखापरीक्षकसम्मको दौडधुप शुरु भएको छ ।

Advertisement 1

संवैधानिक परिषद्को सचिवालयले रिक्त रहेको महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो । नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रधानमन्त्री आवेदन पेश गर्न भनेको छ ।

महालेखापरीक्षक बन्नका लागि पूर्व सचिव शिशिर कुमार ढुंगाना, पूर्व सचिव राजन खनाल, चार्टर्ड एकाउण्टेन्ट सुवोधकुमार कर्ण र कार्यबाहक महालेखापरीक्षक राममाया कुँवर प्रतिष्प्रर्धामा छन ।

Advertisement 2

संवैद्यानिक परिषद्मा एमालेको बाहुल्यता छ । सोही कारण एमाले अध्यक्ष ओलीले भनेको व्यक्ति नै महालेखा परीक्षक नियुक्त हुने प्रवल सम्भवना रहन्छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सदस्य छन् ।यीमध्ये बहुमत सदस्य ओली निकटका रहेका कारण केपी शर्मा ओलीले चाहेको व्यक्ति महालेखा परीक्षक बन्ने प्रवल सम्भवना रहन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने ढुंगानालाई नै महालेखा परीक्षकमा नियुक्ती गर्नु पर्ने अडानमा ओली छन् ।

Advertisement 3

ढुंगाना जागिरे अवधिमा सबैभन्दा धेरै अर्थ मन्त्रालयमा बिताए । उनले राजस्व सचिव र अर्थसचिव दुवै भूमिका समेत निर्वाह गरेका छन्। महालेखा परीक्षक बन्नका लागि
मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्ष अनुभव प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।
यस्का अलवा नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने समेत उल्लेख छ। त्यस्तै ४५ वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ। महालेखा परीक्षक आफ्नो पदमा बहाल रहेसम्म निजलाई मर्का पर्ने गरी पारिश्रमिक र सेवाका शर्त परिवर्तन नगरिने पनि उल्लेख गरिएको छ।

प्रकाशित :२०८० श्रावण २१, आईतवार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry