बालेनलाई इंगित गर्दै काठमाडौं प्रशासनले भन्यो-जथाभावी वक्तव्यबाजी नगर्नू

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेको छ ।

Advertisement 1

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ट्राफिक प्रहरीबाट आफ्नो परिवारमाथि दुर्व्यवहार भएको आरोप लगाएका थिए । त्यसको भोलिपल्ट सोमबार विज्ञप्ति सार्वजनिक गरी काठमाडौं जिप्रकाले यस्तो जनाएको छ ।

काठमाडौं जिप्रकाले जारी गरेको विज्ञप्तिमा कुनै ठाउँमा पनि मेयर बालेनको नाम उल्लेख छैन ।“पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” काठमाडौं जिप्रकाले विज्ञप्तिमा भनेको छ ।

Advertisement 2

राष्ट्रसेवक कर्मचारीलाई कर्तव्यपालनामा बाधा नपु¥याउन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न समेत अनुरोध गरिएको छ । “हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ । प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,” काठमाडौं जिप्रकाले भनेको छ ।

श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए । लगत्तै उनले सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा राखेका थिए । उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।

Advertisement 3

 

 

प्रकाशित :२०८० भाद्र १८, सोमबार १३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry