४८ एसपी र १२० डीएसपीको सरुवा
नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
Advertisement 1
प्रहरी प्रधान कार्यालयले प्रहरीका ४८ एसपी र १२० डीएसपी गरि १ सय ६८ जनाको सरुवा गरेको हो । भदौ देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ । दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा र नुवाकोटमा सञ्जय सिंह थापा गएका छन् ।
Advertisement 2
Advertisement 3
।
प्रकाशित :२०८० भाद्र १६, शनिबार ०८:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%