मन्त्रिपरिषद् बैठक बस्दै,के के छन् एजेण्डा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।

Advertisement 1

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन् ।आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना महामारी नियन्त्रण सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसबारे छलफल गरिने सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए। सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषदले अनुमोदन गरेपछि लागू हुन्छन्। हिजो सीसीएमसीको बैठकले निषेधाज्ञामा थप कडाई गर्ने देखि आवागमन, व्यवसाय सञ्चालन र क्वारेन्टिनसम्बन्धमा विभिन्न १४ वटा निर्णय गरेको थियो ।

प्रकाशित :२०७८ बैशाख १९, आईतवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry