छेन्दुका महावाणिज्यदूत उक्लिए सचिवमा
सरकारले रिक्त रहेको एक सचिव पदमा सहसचिव दिनेश कुमार घिमिरेलाई बढुवा गरेको छ । बढूवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पदका लागि सहसचिवत्रय दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका सहसचिव घिमिरेलाई बढूवा गर्न निर्णय गरेको हो ।
Advertisement 1
घिमिरे ७७ मंसिरमा छेन्दुको महावाणिज्यदूत बनेर खटिएका हुन । ७७ भदौ ९ मा संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० सहसचिवको सरुवा गर्दा खटिएको ठाउँमा जान नमान्नेले विदेशको पोस्टिङ पाएको भन्दै सो समयमा चर्का आलोचना समेत भएको थियो । उक्त समयमा सरुवा सूचीको पहिलो नम्बरमा थियो दिनेश घिमिरेको नाम । उनलाई त्यतिबेला प्रदेश १ विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा जाने गरी सरुवा गरिएको थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत घिमिरे खटाएको सय दिनसम्म सिंहदरबारतिरै घुमिरहे । तिनैलाई ७७ मंसिरको मन्त्रिपरिषद्को बैठकले छेन्दुको महावाणिज्यदूत बनाएर पुरस्कृत गरेको हो । निजामती सेवा नियमावलीको दफा ३९ मा खटाएको ठाउँमा हाजिर भएपछि मात्र उसको अन्यत्र सरुवा वा काज हुन्छ । तर, खटाएको ठाउँमा हाजिर नगरी सरकारलाई नै चुनौती दिने सहसचिव घिमिरेलाई पुरस्कृत गरिएको थियो । झण्डै साढे दुई बर्ष त्यहाँ काम पठाइएको थियो ।
यस पटक समेत घिमिरेलाई छेन्दुमै टिकाइराख्नका लागि रातारात सचिवको दरबन्दी काटिएको बिषयले निजामती वृत्तमा राम्रै चर्चा पाएको थियो ।
Advertisement 2