सिंहदरबारको गेटैमा ढल फुटेर दुर्गन्ध फैलियो,देखेन सरकारले
सिंहदरबारको पूर्वी गेट अगाडिको ढल फुटेर वातावरण पूरै दुषित बन्न पुगेको छ । मुलुककै प्रमुख प्रशासकीय केन्द्र प्रवेश गर्ने द्धारमै ढल फुटेर दूर्गन्ध फैलिएको दुई दिन व्यतित हुँदा समेत सरोकारवाला निकायहरुको ध्यान निर्माणतर्फ केन्द्रित हुन सकेन ।
Advertisement 1
ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।
ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ ।
Advertisement 2
हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल नगरेको देख्न सकिन्छ । पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।
प्रकाशित :२०७९ माघ १८, बुधबार १३:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%