इन्जिनियरलाई अति उपयोगी लोकसेवा तयारी पुस्तक

व्यक्ति एक पहिचान अनेक,इ गणेशराज बस्तीको विशेषता । पेशाले विशिष्ठ श्रेणीका सरकारी कर्मचारी (प्राविधिक सहसचिव) हुन वस्ती । दश- पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य श्रृजनामा मात्र कलम चलाउँदैनन् । उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढूवाका लागि प्रतिष्प्रर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीहरुलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् । ६८ सालदेखि हरेक बर्ष कुनै न कुनै कृति प्रकाशन गरिरहेका उनै वस्तीले यस पटक इञ्जिनियरहरुका लागि अति उपयोगी पुस्तक बजारमा ल्याउने तयारी गर्दैछन् ।
Advertisement 1
वस्तीको इञ्जिनियर तथा प्राविधिक सेवाका लोकसेवा तयारी गरिरहेकाहरुका लागि अति उपयोगी पुस्तक बजारमा आउँदै छ । यस अघि नै लोकसेवासम्बन्धि प्राविधिक सेवा,प्रश्नोतर संग्रह,इन्जिनियरिङ सेवा प्रतियोगितात्मक परीक्षा दिग्र्दशन,विकास व्यवस्थापन,भवन विकास तथा शहरी आवास लगायतका कृति सार्वजनिक गरिसकेका (उप सचिव र सहसचिव तहका लागि अति उपयोगी ), पुस्तक बजारमा ल्याएर चर्चा कमाएका वस्तीले इन्जिनियर पदका परीक्षामा ५० पूर्णाङ्कको नयाँ विषय र त्यसमा पनि ‘General Awareness and Contemporary Issues’ उप–विषय पच्चीस अंकको पाठ्यपुस्तक तयार भएको चाल पाएसँगै सोही कुरालाई मध्यनजर गर्दै प्राविधिक सेवाका लागि अति उपयोगी लोकसेवा तयारी सम्बन्धि पुस्तक ‘General Awareness and Contemporary Issues’ ल्याउने तयारी गरेका हुन् ।
सो पुस्तकभित्र सोह्रवटा एकाइ (च्याप्टर) समावेश रहेको छ ।
पुस्तकमा नेपालको भौतिक, सामाजिक–सांस्कृतिक, आर्थिक, भौगोलिक, जनसाख्यिक स्थिति,नेपालको मुख्य मुख्य प्राकृतिक स्रोतहरु, नेपालको भौगोलिक विविधता,
हावापानीको अवस्था, नेपालीको जीविका तथा जीवन शैली, नेपालका मुख्य मुख्य
घटना र व्यक्तित्वहरु,नेपालको वर्तमान आवधिक योजनादेखि नेपालको संविधान, शासन प्रणाली र सरकारलगायत निजामती सेवा ऐन, नियमावली अन्तर्गतका सेवा, सगठन, संरचना, पदहरु, पदपूर्ति तरिका र आचार सहिता लगायतका बिषयबस्तु समेटिएका छन् । पुस्तक इन्जिनियर लगायत अन्य प्राविधिकहरुलाई समेत उपयोगी हुने देखिन्छ । पुस्तकभित्र सामान्य ज्ञान, व्यवस्थापन र प्रशासन क्षेत्रका विविध विषयबस्तुलाई सुक्ष्म ढंगले केलाइएको छ ।
पुस्तकमा समावेश गरिएका सूचनामूलक ज्ञान, लोकसेवाको अन्य सेवा, समूह र श्रेणीका परीक्षाका लागि समेत उपयोगी हुनेछ ।
यस पुस्तकको निर्माणले उल्लिखित विषयका पाठ्यक्रमलाई समेट्ने सन्दर्भ सामग्रीको खड्किरहेको अभावलाई केही हदसम्म भएपनि मत्थर पार्ने छ भन्ने विश्वास लेखकले लिएका छन् ।
०००