‘एक मुट्ठी भोक’ सार्वजनिक

झापा। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाउने सन्दर्भमा शनिबार चन्द्रगढीमा देवेन्द्रकिशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ लोकार्पण भएको छ।

Advertisement 1

नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा समालोचक गङ्गाप्रसाद अधिकारीले उक्त कविता सङ्ग्रह विमोचन गर्दै कवि ढुङ्गानाले समाजमा व्याप्त कुरीति र अन्यायविरुद्ध प्रतिरोध गरेको बताए।

साहित्यकार चूडामणि वशिष्ठले श्रमजीवी समुदायका पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा कवितामा व्यक्त भएका बताए।

Advertisement 2

ढुङ्गानाको यो दोस्रो कृति हो। यसअघि उहाँको ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास पाठकमाझ आइसकेको छ।

प्रकाशित :२०८३ श्रावण ३, आईतवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry