बोतल-जारको पानी निषेध योजना बिफल, सिंहदरबारभित्रैका चार धाराबाट झर्दैन पानी

एउटा मन्त्रीले सिंहदरबारभित्रै थालेको नतिजामुखी काम अर्काे मन्त्रीले उल्टाइदिन्छन् । भूपु मन्त्री बहालवाला मन्त्रीलाई भेटेर उक्त काम पूर्ववत सुचारु गर्न आग्रह गर्दछन् । बहालवाला मन्त्री लाचार प्रकट गर्दछन्, ‘ मलाई कसैले टेर्दैन, मैले के गर्ने ?’

Advertisement 1

यस्तो निरिहताप्रकट गर्ने मन्त्री हुन,महेन्द्रराय यादव जो वावुराम भट्टराईको पार्टीबाट अहिले खानेपानी मन्त्रीको भूमिकामा छन् । उनै यादवलाई २ महिना ७ दिन खानेपानी मन्त्री बनेर सिंहदरबारबाट बाहिरिएका जनमत पार्टीका सांसद अब्दुल खानले भेटेर आफ्ना पालामा शुरु भएको सिंहदरबारभित्रको धारामा खानेपानी सुचारु गर्न आग्रह गर्दा मन्त्रीले निरिहता देखाएका हुन, ‘मलाई कसैले टेर्दैन, मैले के गर्ने ? भन्दै !

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारले जस्ले बार्षिक २ करोडको पानी पिँउछ । त्यहाँ दैनिक चार हजार कार्टुन अक्वा १०० लगायतको बोतल र चार हजार जार पानी खपत हुँदै आएको छ । नेपाल बोतल वाटर खानेपानी संघले खानेपानी सप्लाई गर्दै आएको छ,सिंहदरबारलाई । झण्डै २ करोड रकम खानेपानी पिउँछ सिंहदरबारले । २ महिना ७ दिनमात्र खानेपानी मन्त्रालय चलाएका जनमत पार्टीका अब्दुल खानले मन्त्री पदमा बहाल भए लगतै यो तथ्य फेला पारे र त्यहाँभित्र जार, बोतलको पानी निषेध गरे । सबै नेपालीलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्तगरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार शुरुमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका ४ स्थानमा अटोमेटिक (सेन्सर) धारा निर्माण पनि भए ।

Advertisement 2

दुरदराजबाट सिंहदरबार आउने सेवाग्राहीले मात्र होइन मन्त्री,प्रधानमन्त्रीले समेत मेलम्चीकै पानी पिउनुपर्ने थितीको शुरुवात गराए । खानेपानी मन्त्रालयले त्यहाँ भित्र धारा निर्माणको सम्पूर्ण जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिएको थियो । खानेपानी लिमिटेडले ५ लाख रुपैयाँ लगानीमा सिहंदरबारका ४ स्थानमा धारा जडान पनि ग¥र्याे । सिंहदरबारभित्र पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने भन्दै जार र बोतलको पानी विस्थापन हुने र बार्षिक करोडौं रकम राज्यको वचत हुने पूर्व मन्त्री अब्दुल बताउँछन् । सोही योजना अनुसार, १८ चैत्रमा खानेपानी मन्त्रालय,गृह,प्रधानमन्त्री कार्यालयका अगाडि धारा नै निर्माण गरेर त्यहाँ मेलम्चीको पानी खसालियो पनि । सिंहदरबारभित्र पानी ल्याउनका लागि सरकारी संस्थानहरु केयुकेएल, नेपाल खानेपानी संस्थान, मेलम्चीलगायत सरकारी संस्थाले सहयोग गरे । जब मन्त्री नै ताते पनि कर्मचारीहरुले त्यही अनुसार सहयोग गर्ने हुन ।

 

Advertisement 3

त्यहाँ निजी कम्पनीका बोतल र जारको पानी बेच्न बन्देज लगाएर सरकारी निकाय केयुकेएलमार्फत नै सरकारी धारा, ट्यांकर र जारको पानी पिउनुपर्ने व्यवस्था अनिवार्य गरियो । खान भन्छन्,सिंहदरबारभित्र सरकारको पानी खाऊँ भन्ने उनको आग्रह अनुसार मन्त्रालयमा सुधार भयो,मन्त्री प्रधानमन्त्री नै कन्भिन्स हुनुभयो । सिंहदरबारमा पानी पनि आयो । यस पछि सिंहदरबारभित्र पानी सप्लाई गर्दै आएकाहरु तिल्मिलाउन थालिसकेका थिए । जसै मन्त्री पदबाट अब्दुल हटे साता दिन नबित्दै ती धाराहरु बिग्रिए, त्यहाँ पानी होइन हावा आउन थाल्यो । अहिले प्रम कार्यालय,खानेपानी मन्त्रालय र गृहकै अगाडि धारा ठिङ्ग उभिएका छन् तर त्यहाँ पानी होइन,हावा आउँछ । जसै उनी मन्त्रीबाट बाहिरिए,सिंहदरबारभित्र जार,र बोतलको पानी भित्र्याउन लगाइएको निषेधाज्ञा ‘पानीको फोको’ बन्न पुग्यो । पूर्व मन्त्री अब्दुलले वर्तमान खानेपानी मन्त्री महेन्द्र यादवलाई भेटेर ध्यानाकर्षण गराए तर,मन्त्री यादवले जबाफ फर्काए ‘ मलाई कसैले टेर्दैन, मैले के गर्ने ?’

एउटा तथ्यले भन्छ, सिंहदरबारभित्रका २२ मन्त्रालयले दैनिक ६ लाख २० हजार रूपैयाँको जार र बोतलको पानी पिँउछ । जस्तो प्रम कार्यालय मात्र गत आर्थिक वर्षमा २१ लाख ५० हजार हाराहारीको जार र बोतलको पानी पिएको तथ्यांक प्रम कार्यालयले  उपलव्ध गराएको छ । यो हिसाबले प्रधानमन्त्री कार्यालयमा मासिक २ लाखको बराबरको पानी खपत हुन्छ । गृहले ११ लाख,खानेपानी मन्त्रालयका ७० कर्मचारीले बार्षिक चार लाख हाराहारीको पानी पिउने गरेको तथ्यांक भेटिएको छ ।

प्रकाशित :२०८० भाद्र ६, बुधबार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry